arrow

दश विषयगत समितिका सभापतिको निर्वाचन भदौ ५ मा

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
parliament1.png

काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ ।
 
प्रतिनिधिसभाको सोमबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिए । समितिका सभापतिहरुको निर्वाचन भइनसकेकाले हाल बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आजै निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ ।
 
प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० विषयगत समिति छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ