arrow

तस्वीर खिच्दा विशेष ख्याल नगरे जेलको वास 

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
photography.jpg

 काठमाडौं । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ ।

मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न र निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ । कानुनमा अनुमतिविना तस्वीर खिचेमा एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।

अनुमतिविना एक व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागमा जोडेर अर्को तस्वीर बनाउने वा प्रकाशन गरेमा दुई वर्ष कैद वा २० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ । कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्वीर खिचिए कुनै कसुर नलाग्ने उल्लेख गरिएको छ ।

ऐनमा कुनै व्यक्तिको तस्वीर अनुमतिविना अरुलाई दिन वा बिक्री गर्न पनि नपाउने व्यवस्था गरेको छ । कानुनमा कुनै व्यक्तिको तस्वीर लिएर निजलाई सताउने, अनुचित फाइदा लिने जस्ता कार्य गर्न पनि रोक लगाएको छ । यसो गरेमा तीन वर्ष कैद वा ३० हजार रुपियाँ जरिवाना वा दुवै सजायको ब्यवस्था गरिएको छ ।

नयाँ कानुन अनुसार घर धनीको स्वीकृतविना अनधिकृत रुपमा प्रवेश गर्न, घर धनी वा निजको परिवारको गोप्यता भङ्ग गर्न वा त्यस घरको खानतलासी गर्न वा गराउन नपाइने ब्यवस्था गरिएको छ । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ