arrow

नेताको फोटो बिगारे वा ‘ब्लफ कल’ गरे दुई वर्ष कैद

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
business-telephone-systems.jpeg

काठमाडौं। सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजाय हुने भएको छ।मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ।

संहितामा विनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन (ब्लफ कल) गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। त्यस्तै, अनुमति तलिई अरुको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । (राजधानी दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ