arrow

सत्तारुढ गठबन्धनबाट पासाङद्वारा उम्मेद्वारी दर्ता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
286715303.jpeg
काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनले उपराष्ट्रपतिमा पूर्वलडाकू कमान्डर नन्दकिशोर पुन पासाङलाई नै उम्मेद्वार बनाएको छ ।

पासाङको प्रस्तावकमा एमाले बरिष्ठ नेता झलनाथ खनाल छन् भने समर्थकमा राप्रपा नेपालका दीलनाथ गिरी र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी छन् । प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु संसद भवन पुगेर उम्मेद्वारी दर्ता गराएका थिए ।

उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमालेसहित अधिकांश दलहरुले पासाङको स्थानमा तराई–मधेस वा थारु समुदायबाट उम्मेद्वार बनाउनुपर्ने माग गरेपछि पासाङको नाम विवादमा परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ