arrow

म्याग्दी काँग्रेसले भन्यो करको दर होइन दायरा बढाउ, मेयरलाई बुझायो ज्ञापनपत्र

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
myagdi-congress.jpg

म्याग्दी। नेपाली काँग्रेस म्याग्दीले स्थानीय तह र संघीय सरकारले गरेको अस्वाभाविक कर वृद्धी, महङ्गी, अनावश्यक कर लगाएतको बिरोध गरेको छ। जनता अझै पनि निमुखा र जिबिकोपार्जन गर्न नसक्ने अबस्थामा रहेकोले करको दर मितब्ययि र बैज्ञानिक बनाउन मागा गर्दै काँग्रेसले आन्दोलनको चेतावनी दिएको छ।

जनताले उपभोग गर्ने दैनिक उपभोग्य सामानदेखी प्रत्येक सेवामा सरकारले अस्वाभाविक कर वृद्धि गरेको छ। बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई ज्ञापनपत्र मार्फत तुरुन्त कर को दायरा बढाउनु पर्ने दर घटाउनु पर्ने भन्दै नेपाली काँग्रेस म्याग्दीले ज्ञापनपत्रसमेत बुझाएको छ।

कार्यबाहक सभापति माधब प्रसाद रेग्मीको नेतृत्वमा गएको टोलिले तुरुन्त कर घटाउनु पर्ने अन्यथा आन्दोलित हुने बताएको हो। नगर प्रमुख श्रेष्ठले त्यस्तो कुनै शीर्षकमा बढी नभएको तथा हेरफेर गर्न सकिने कर समयमै परिमार्जन गर्न सकिने बताए। 

नेपाली काँग्रेसका सह सभापति नेत्र बहादुर महत, सचीव क्या मीन कार्की, सह सचिब भरत बहादुर रकाल लगाएतको टोलिले ज्ञापनपत्र बुझाएको हो। म्याग्दीको ६ वटै स्थानीय तह पहिलो चरण ज्ञापनपत्र बुझाएर सचेत गराउने कार्यक्रम रहेको सह सचिब भरत बहादुर रकालले जानकारी दिए।

पछिल्लो समयमा देशै भरी वृद्धि भएको करको बिरोधमा ठाउँमा ठाउँमा आन्दोलन सुरु भएको छ। साना व्यवसायि गरेका तथा जिबिकोपार्जन गर्ने जनतालाई ढाड सेक्ने गरि लगाएको करका विरुद्ध विरोध रहेको कार्यबाहक सभापति रेग्मीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ