arrow

रहेनन् कोफी अन्नान

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
kofi.jpg

एजेन्सी । राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको स्वीजरल्याण्डमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको महासचिवका रुपमा दुुई कार्यकाल बिताएका अन्नान, विश्वकै सर्वोच्च कुटनीतिक पदमा पुग्ने पहिलो अस्वेत नागरिक हुन् । 

राष्ट्रसंघको महासचिवबाट अबकास पाएपछि उनले राष्ट्रसंघकै विशेष दुतका रुपमा सिरियाको द्वन्द्व अन्त्यको प्रयास समेत गरेका थिए । कोफी अन्नान फाउण्डेशनले उनलाई विश्व शान्ति स्थापनाका लागि आजीवन लड्ने विश्वस्तरीय राजनेता भनेको छ । 

घानामा जन्मिएका अन्नाले सन् २००१ मा नोवेल शान्ति पुरस्कार पाएका थिए । संयोग कस्तो परेको थियो भने, उनकै कार्यकालमा ईराक युद्ध र एचआईभी एड्सको महामारी पनि फैलिएको थियो ।  उनले पछि सिरियाका लागि राष्ट्रसंघको विशेष दूत भएर समेत काम गरे । उनले १००७ देखि २००६ सम्म राष्ट्रसंघको विशेष दूत भएर काम गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ