arrow

नेपाल आयल निगम मासिक ५० करोड घाटामा ?

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ ।

गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।

अर्कातर्फ भने अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि गर्नको लागि मद्दत पुगेको छ । डलरको विनिमयदरमा प्रतिडलर वृद्धि हुँदा निगमले अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार निगमले आईओसीलाई भुतानी गर्नुपर्ने हुँदा निगमलाई थप नोक्सान थपिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताए ।

गत जुनमा १ सय ८ रुपियाँ रहेको डलर लगातार उक्कालो चड्ने क्रममा हाल १ सय १२ रुपियाँ विनिमय दर रहेको छ । जुन यता ४ रुपियाँ डलर बढेपछि निगमको ६० करोड रुपियाँ थप दायित्व बढेको निमित्त प्रमुख भट्टराईको भनाइ छ । 

अन्तर्राष्ट्रिय बजारमा ७१ देखि ७३ कै आसपासमा प्रतिव्यारेल क्रल आयलको मूल्य रहेको भए पनि अमेरिकन डलरको कारणले निगमको घाटा चुलिदै गएको निगमको भनाइ रहेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन गँदै आए पनि अमेरिकी डलरसँग भारतीय र नेपाली मुद्रा कमजोर हुँदा निगमको घाटामा थप भएको हो ।

यसले गर्दा नेपाली सामान निर्यात गर्दा र बिपे्रषण भित्रिँदा भने नेपाललाई टेवा पुग्ने छ, तर नेपाली बजार आयतमुखी भएसँगै डलरको विनिमयदरमा वृद्धिको कारण नेपालको व्यापार घाटा थप चुलिएको अवस्था छ । 

भारतवाटै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति भैरहेकको अवस्था छ तेस्रो देशबाट पेट्रोलीयम पदार्थ आयात गर्ने भएपछि सरकारले अपेक्षित बाटो तय गरिसकेको अवस्था छैन् । यता डलरसँग भारतीय मुद्रा भने कमजोर अवस्थामा रहेको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा जम्मा कारोबारको ८० प्रतिशत हिस्सा आगटेको डिजेलमा प्रतिलिटर २ रुपियाँ ३६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ८० रुपियाँ ६४ पैसा घाटा रहेकोमा हवाई इन्धनबाट हुने केही मुनाफाले घाटा कम गर्न सहयोग पुगेको जनाएको छ । आईओसीको नयाँ मूल्यअनुसार डिजेल र एलपी ग्यासमा मात्रै १५ दिनमा झण्डै ५० करोड घाटा निगमले जनाएको छ । 

अन्तराष्ट्रिय बजारमा भएको मूल्यको परिवर्तनमा निगमले मूल्य समायोजन गर्न सकेमा केही हदसम्म भए पनि निगमको घाटामा राहत पुग्ने देखिएको छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा सीमा क्षेत्रमा भारततर्फ नै पैठारी बढेकोले निगमलाई व्यवस्थापनका लागि थप चुनौती रहेको छ । हाल वीरगञ्ज–रक्सौल नाकामा पेट्रोल प्रतिलिटर २४ दशमलव ९७ र डिजेल २७ दशमलव ३३ पैसा सस्तो रहेको अवसथा छ ।

निगमले २०७१ असोजदेखि प्रचलनमा ल्याएको स्वतः निर्धारण मूल्य संरचनाबमोजिम मूल्यको विस्तृत विश्लेषण गर्दै आईओसीबाट हरेक १ तारिक र १६ तारिकमा प्राप्त मूल्यसूचीको आधारमा गर्दा बजार मूल्य निर्धारण गदै आएको छ । आईओसीले हरेक १५ दिनको अन्तरालमा मूल्य परिवर्तन गरी मूल्य समायोजन गर्दै आएको छ । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ