arrow

२ लाख मै सिभिल इञ्जिनीयरिङ पढ्न पाइने

त्रिभुवन त्रिशूली विद्यालयमा कक्षा सञ्चालनका लागि दशैं महोत्सव

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
civil.jpg

नुवाकोट । जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ ।

विदुर–१ स्थित विद्यालयले शुरु गर्न लागेको इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गर्नका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए ।
 
विद्यालयलाई आफ्नै स्रोतबाट नयाँ विषयको पठनपाठन सञ्चालन गर्न कठिनाई भएकाले दशैं महोत्सव गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर खड्गीले बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकाले यसै वर्षदेखि पढाइ शुरु गरिएको विद्यालयका अध्यक्ष प्रधानले बताए । एक शैक्षिक सत्रमा ४८ विद्यार्थीले पढ्न पाउने छन् ।
 
इञ्जिनीयरिङ विषय पढ्नका लागि विद्यार्थीलाई विगतमा अन्यत्र जानुपरेकाले अहिले जिल्लामै सञ्चालन भएपछि सहज भएको प्रधानाध्यापक महेन्द्र रावतले बताए । छ सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी २ लाख मात्र शुल्क लिइने विद्यालयले जनाएको छ ।

सिभिल इञ्जिनीयरिङ कक्षाको पठनपाठनका लागि छुट्टै ब्लक निर्माणका साथ आवश्यक भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिए । विसं २००७ सालमा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ