arrow

वार्ता सफल नभए औचित्य समाप्त हुन्छः अध्यक्ष यादव

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1635518810.jpeg
पर्सा । तराई मधेस सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले कात्तिक १५ गतेको वार्ता सफल नभए त्यसपछिको वार्तामा मोर्चा सहभागी नहुने जानकारी दिएका छन् । 

उनले विगत एक महिनादेखि मोर्चा र सरकारी वार्ताटोलीबीच पटक÷पटक छलफल गरे पनि कुनै निष्कर्षमा नपुगिएको र यही कात्तिक १५ गते हुने वार्ताबाट पनि निष्कर्ष निकाल्न नसकिए वार्ताको औचित्य नै समाप्त हुने बताए । 

तराई मधेस सद्भावना पार्टी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष यादवले सरकार वार्ताप्रति गम्भीर नरहेको आरोप लगाउँदै उनले अबको वार्ता अन्तिम हुने र सहमति नभए आन्दोलन थप सशक्त बनाउने दाबी गरे । 

अध्यक्ष यादवले मधेसमा जारी आन्दोलनलाई सहमतिबाट समाधान नगरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ