arrow

पाकिस्तानी प्रधानमन्त्री खानले राखे छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
imran-khan2.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुकहरुसँगको सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले आफूले आगामी दिनमा पाकिस्तानसँगको छिमेकी मुलुकहरुसँगको सम्बन्ध बलियो रहोस् भन्नेमा ध्यान दिनको लागि निर्देशन दिएको उनले बताएका हुन् । 

उनले पाकिस्तानलाई अहिले शान्तिको आवश्यकता रहेको र छिमेकी सहयोग विना पाकिस्तानमा शान्ति स्थापना गर्नु कठिन रहेको भन्दै उनले यस्तो बताएका हुन् । 

भारतसँग लामो समयदेखि पाकिस्तानको तिक्तता भए पनि खान खाएपछि क्रिकेट मार्फत नै भारतसँगको सम्बन्ध सुधार गर्न सकिने अपेक्षा गरिएको छ । 

खानको सपथ ग्रहणमा भारतीय क्रिकेटर नवोजित सिद्धु सहभागी हुन पुगेका थिए । पाकिस्तानको चीनसँगको सम्बन्ध पनि पछिल्लो समय समधुर देखिएको छ । 

आइतबार राष्ट्रको नाममा गरेको पहिलो सम्बोधनको क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले यस्तो बताएका हुन् । उनले अहिले पाकिस्तानमा देखिएको आर्थिक संकटको कारण यसअघिको सरकार रहेको आरोपसमेत लगाए । 

खानले पछिल्लो १० वर्षको अवधिमा पाकिस्तानको ऋण अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको भन्दै यसअघिको सरकारको आलोचना पनि गरे । उनले पाकिस्तानको आर्थिक समस्या समाधानको लागि भ्रष्टाचार कम गर्ने तथा अन्य आर्थिक सुधारको योजनाहरु ल्याउने बताए । 

इमरान खानले न्यायपालिका, शिक्षा र स्वास्थ्यको क्षेत्रमा कायापलट ल्याउने किसिमको रुपरेखा तयार पार्ने काम गरिरहेको बताए । उनले आर्थिक समस्याका साथै पाकिस्तानको मानव विकास सूचकाङ्क पनि कमजोर रहनु समस्याको विषय रहेको बताए । 
उनले आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री निवासमा ५२४ सेवकका साथै ८० कारहरु रहेको बताए । उनले प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कारहरु पनि रहेको बताए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ