arrow

इन्डोनेसियामा भूकम्प रोकिएन, ४३३ को मृत्यु

आइतबारदेखि पुन: लगातारको धक्का महसुस 

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
indonesia1.jpg

काठमाडौं । दुर्इ साताअघिमात्र ७.० म्याग्निच्युडको विध्वंसकारी भूकम्प गएको दुई सातामै इन्डोनेसियामा पुन: शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लोम्बोक टापुमा अाइतबारदेखि लगातार भूकम्पको धक्का महसुस गरिएको हो । 

४३० जना मानिसहरुको ज्यान जार्ने गरी गएको भूकम्प गएको दुई सातामै इन्डोनेसियामा पुन: शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो ।

यो भूकम्पमा परी तीन जना मानिसहरुको ज्यान गएको छ । इन्डोनेसियाको यो टापु पर्यटकहरुको लागि निकै महत्वपूर्ण क्षेत्र मानिन्छ । आइतबार सुरुमा ६.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । 

सोमबार बिहान पनि यो क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । समाचारमा बताइएअनुसार आइतबारको भूकम्पको कारण १ जनाको ज्यान गएको र सोमबारको भूकम्पमा परी २ को ज्यान गएको हो । आइतबार गएको ठुलो भूकम्प जमिनभन्दा १२.५ माइलबाट उत्पन्न भएको बताइएको छ । 

भूकम्पको कारण इन्डोनेसियाका धेरै भवन तथा घरहरु भत्किएका छन् । दुई साताअयिघ गएको भूकम्पमा परी धेरै मानिसहरु घाइते पनि भएका थिए भने ४६ करोड ९० लाख डलरबराबरको क्षति भएको बताइएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ