arrow

प्रतिनिधिसभामा सांसदको आक्रोश, करले ढाँड भाँच्यो

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
umesh-shrestha.jpg

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद उमेश श्रेष्ठले देशव्यापी रुपमा स्थानीय तहले मनलाग्दी रुपमा कर वृद्धि गरेर जनताको ढाँड सेकेको भन्दै गुनासो गरेका छन् ।

संविधानले स्थानीय तहलाई संविधानले कर लगाउने  व्यवस्था गरेको भएपनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरीकन हचुवाको भरमा निर्णय गरेको भन्दै  सांसद श्रेष्ठले यस्तो गुनासो गरे ।

करको विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएको भन्दै तत्काल स्पष्ट निर्देशन दिन उनले सरकारलाई आग्रह गरे ।

जनताले तिर्न नसक्ने, क्षेत्राधिकार नै नभएको विषयमा समेत कर लगाएर संघीय शासन प्रणाली नै धरापमा पार्न खोजिएकोमा सांसदहरुले सदन र सरकारको ध्यानकर्षण गराएका थिए  ।

यसरी  ध्यानाकर्षण गराउनेमा सांसद श्रेष्ठ लगायत अमरेशकुमार सिंह रहेका थिए । सांसद आशाकुमारी विक, कृष्णभक्त पोखरेलले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ