arrow

विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् : गगन थापा

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
gagan2.JPG

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगन थापाले सरकारलाई विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्ने सुझाब दिएका छन् ।  सांसद थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरेका हुन् ।

थापाले भने 'तराईमा गत बर्ष देखिएको बर्ष यस बर्ष भारतको केरलामा देखिएको छ, एकै ठाँउ बादल अडिने, धेरै दिन सम्म धेरै बर्षात हुने । यो एउटा सामन्य बिषय नभएर प्रकृतिको रुपमा रहन्छ भन्ने विशेषज्ञहरुले बताउने गरेका छन् ।  हाम्रो पहाडमा मात्र हैन समथर भूमिमा पनि यस्तै खालको बर्षात हुदै गएमा हाम्रो हालत के होला ?'  

उनले सबै तहको सरकारहरुले विकाश भनेको पूर्वधार हो । पूर्वधार जसरी बनाए पनि हुन्छ भन्ने धारणा व्याप्त रहिराख्ने हो भने विकासको रोमाञ्चक यात्रा विनाशमा गएर टुङ्गिन बेर नलाग्ने भन्दै  भने  ' त्यसैले समयमा सचेत पनि बनौ र हाम्रो काम गर्ने तरिकालाई सच्याउ ।' 

साथै सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहले मनलाग्दी रुपमा कर वृद्धि गरेर जनताको ढाँड सेकेको भन्दै गुनासो गरेका छन् । उनिहरुले करको विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएको भन्दै तत्काल स्पष्ट निर्देशन दिन सरकारलाई आग्रह गरे ।

जनताले तिर्न नसक्ने, क्षेत्राधिकार नै नभएको विषयमा समेत कर लगाएर संघीय शासन प्रणाली नै धरापमा पार्न खोजिएकोमा उनिहरुले सदन र सरकारको ध्यानकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ