arrow

आक्रमणका बाबजुद रोकिएनन् ब्राजिल आउने भेनेजुयलाका आप्रवासी

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
venezualea.jpg

काठमाडौं । गत शनिबार ब्राजिलको एक भेनेजुयलाका आप्रवासीहरु बसेको क्याम्पमा भएको आक्रामणका बाबजुद आप्रवासीहरुको संख्या बढिरहेको अधिकारीहरुले बताएका छन् । 

लगाताररुपमा ब्राजिल छिर्ने आप्रवासीहरुको संख्या बढिरहेको अधिकारीहरुले बताएका हुन् । सोमबार पनि ब्राजिलको रोरारिमा राज्यमा ९ सयभन्दा बढी भेनेजुयलाका आप्रवासीहरु प्रवेश गरेको हुनसक्ने अधिकारीहरुले बताएका छन् । 

साथै दैनिक ब्राजिल प्रवेश गर्ने भेनेजुयलाका आप्रवासीहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । भेनेजुयला अहिले आर्थिकका साथै केही क्षेत्रीय संकटको पनि सामना गरिरहेको कारण भेनेजुयलाबाट विस्थापित हुनेको संख्या बढ्दो क्रममा रहेको छ । 

भेनेजुयलाले नयाँ बैंकनोट जारी गरेसँगै मानिसहरुमा थप अन्योलता बढेको हो । यो अन्योलतासँगै भेनेजुयलाबाट बाहिरिने विस्थापित हुने बढेका हुन् । 

भेनेजुयलाको सरकारले अहिले देखिएको आर्थिक समस्या समाधानको लागि भन्दै यो योजना अघि सारेको बताएको छ । मुलुकको मुद्रास्फीतिदरलाई सन्तुलनमा ल्याउने उद्देश्यका साथमा यस किसिमको योजना अघि सारिएको भेनेजुयलाको सरकारले जानकारी दिएको छ । यद्यपि यो निर्णयमा भेनेजुयलाका मानिसहरुको भने खासै विश्वास नरहेको पाइएको हो । 

सरकारको यो निर्णयको विरुद्धमा विपक्षीले मंगलबारदेखिको विरोधको कार्यक्रमहरु अघि सारेको छ । ब्राजिलको सरकारले सीमा सुरक्षा बढाउनका लागि उल्लेख्यमात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी दिएको छ । सरकारले अहिले उक्त क्षेत्रमा तनाव रहेको तर कुनै द्वन्द्व भने नरहेको स्पष्ट पारेको छ । 

भेनेजुयलामा खाद्यान्न अभाव तथा औषधिको अभावको सामना गरेका मानिसहरु विस्थापित भएर अर्को मुलुकमा प्रवेश गरिरहेका हुन् । गत आइतबार पनि ८ सयभन्दा बढी भेनेजुयलाका नागरिकहरु ब्राजिलमा प्रवेश गरेका थिए । 

भेनेजुयलाका अप्रवासीको कारण अहिले इक्वेडर। कोलम्बिया र पेरु छलफलको क्रममा रहेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ