arrow

अमेरिकी निर्वाचनको अनुसन्धानको गोलचक्करमा ट्रम्प 

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
trump6.jpg

काठमाडौं । ट्रम्पले आफूले अनुसन्धानको शपथअनुसारको विवरण दिएको खण्डमा आफू फस्ने खतरा रहेको बताएका छन् । 

अहिले सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रुसको हात रहेको भन्दै अनुसन्धान चलिरहेको छ । ट्रम्पले आफ्नो खाता र अरुको खाताको बीचमा भेदभाव गरी आफूलाई प्रयोग गरिनसक्ने आशंका गरेका हुन् । 

ट्रम्पले आफूलाई विशेष काउन्सेल रोबर्ट म्युलरको टोलीले अनुसन्धान गर्नसक्ने बताए । जसको कारण आफू यो प्रक्रियामा सहभागी नहुने उनले बताए । 

रुसले सन् २०१६ को निर्वाचनमा आफ्नो कुनै पनि भूमिका नरहेको बताउँदै आएको छ । यसअघि म्युलरले जे सत्य मानिएको छ, त्यो सत्य होइन भन्ने बयान दिएका थिए । यसलाई लक्षित गर्दै ट्रम्पले आफूले साँचो बोल्दा पनि झुटो साबित गरेर फसाउने षडयन्त्र भइरहेको बताएका हुन् । 

सन् २०१६ को अमेरिकी निर्वाचनमा प्रभावित तुल्याउन रुसले साइबर आक्रमण र गलत समाचारहरु फैलाएको विवरण यसअघि सार्वजनिक भएको थियो । जसमा अहिलेसम्म ३२ जना मानिसहरुमा आशंका गरिएको छ । जसमा चारजना ट्रम्पको अभियानका मानिसहरु रहेका छन् भने २५ जना रसियनहरु रहेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ