arrow

फेसबुकका ६५२ फर्जी खाताहरु बन्द, ट्वीटरका ३ सय खाताहरु प्रतिबन्धित 

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
facebook-twitter.jpg

एजेन्सी। सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्वीटरका सयौं खाताहरु बन्द गरिएका छन्। इरान र रुससँग सम्बन्ध रहेका उक्त खाताहरु बन्द गरिएको कम्पनीहरुले बताएका छन्। फेसबुक कम्पनीले ६ सय ५२ खाता, पेज र ग्रुपले मानिसहरुमा भ्रम सिर्जना गर्ने किसिमको विषयवस्तुहरु रहेकोमा उक्त खाताहरु बन्द गरिएको कम्पनीका सीईओ मार्क जुकरवर्गले जानकारी दिए। 

यसैबीच अर्को सामाजिक सञ्जाल ट्वीटरले पनि इरानसँग सम्बन्धित रहेका २ सय ८४ खाताहरु बन्द गरिएको जानकारी दिएको छ। मंगलबार सामाजिक सञ्जाल फेसबुकले इरान र रुसबाट पोस्ट हुने गरेका अवैध पोस्टहरुको विषयमा लामो समयदेखि अनुसन्धान भइरहेको र सो क्रममा धेरै खाताहरु बन्द गरिएको बताएको हो । कम्पनीले सामाजिक सञ्जाल चलाउँदा मानिसहरुमा विश्वास होस् भन्ने उद्देश्यका साथमा यस किसिमको निर्णय गरिएको जानकारी दिएको छ। 

अझै पनि अनुसन्धानको काम जारी रहेको कम्पनीहरुले जानकारी दिएका छन् । यस किसिमको अभियानमा मध्यपूर्व, ल्याटिन अमेरिका, बेलायत र अमेरिकी मानिसहरुलाई प्रभावित तुल्याउने मनसाय राखिएको बताइएको छ। 

सामाजिक सञ्जालहरुले फायरआईको सहायताबाट यो अनुसन्धान गरेका हुन्। यो अनुसन्धानको क्रममा धेरै खाताहरु इरानियन प्रोपोगाण्डाहरुको विस्तार गरिरहेको पाइएको बताइएको छ। फेसबुकले अहिले हटाएका खाताहरुमा ७६ ओटा इन्स्टाग्रामको पेजहरु पनि रहेको बताएको छ। साथै उसले केही इरानियम साइटका मिडियाहरु पनि रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ