arrow

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
parliament.png

काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्ने ढङ्गबाट कर बढाएको भनी सरकारको आलोचना गरिन् ।

उनले भनिन् , “अहिले स्थानीयस्तरबाट जथाभावी कर लगाउनाले आम जनता मारमा परिरहेका छन्, यस विषयमा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।”

नेकपा (नेकपा)का सांसद सूर्य पाठकले वर्तमान सरकारले उचित वैदेशिक नीति, सङ्घीयता कार्यान्वयन र सुशासन स्थापनाका लागि सराहनीय काम गरिरहेको धारणा व्यक्त गरे । चीन र भारतसँग पनि समानताका आधारमा वैदेशिक नीति स्थापित गराएको बताउँदै उनले भने, “वर्तमान सरकार गठनपछि नेपालले चीन र भारतबीच सन्तुलित सम्बन्ध राख्ने गरी बढाएको नीतिको चौतर्फीरुपमा स्वागत भएको छ, स्थानीय तहले लिएको करबारे प्रतिपक्षले अनावश्यकरुपमा हल्ला मचाउने मात्र काम गरेको छ ।”

सांसद अमृता अग्रहरिले सरकारले मधेश र मधेशीप्रति विभेद गरेको जनाउँदै जनताबाट निर्वाचित भएका रेशम चौधरीलाई कुन ऐनका आधारमा प्रमाणपत्र नदिएको हो भनी प्रश्न गरे।

सांसद सरिता गिरीले धनुषा जिल्लाको ढल्केवरदेखि सुनसरीको इटहरीसम्म विद्युत् प्रसारण लाइन विस्तार गर्दा लहान नगरपालिकास्थित कडरिया गाउँमा अहिले विवाद उत्पन्न हुँदा काम अगाडि बढ्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले विद्युत् पोल गाड्दा पहाडी भेगको छेउछाउबाट लैजानुपर्ने भन्ने व्यवस्था गर्न माग गरे।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ