arrow

के शास्त्रले स्त्री र गैर ब्राह्मणले वेद पढ्न निषेध गरेको छ ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ भदौ ७ बिहिबार
bedh-women.jpg

नयाँ दिल्ली । हाम्रो समाजमा अहिलेसम्म पनि गैर ब्राह्मण र स्त्रीहरुको लागि वेदको अध्ययनको अनुमति छैन । जातिको विषयमा विभेदका कुराहरु गैरकानूनी बनिसकेको भएपनि अहिले पनि गैरब्राह्मणहरुको लागि वेदको मन्त्रपढाउने गुरुहरु पाउनको लागि मुस्किल नै हुनसक्छ ।

शास्त्रले पनि गैर ब्राह्मणको लागि वेद पढ्न निषेध नै गरेको छ । तर, हाम्रो समाजमा मानिने जस्तो पुख्र्यौली जात निर्धारणको आधारमा मानिने ब्राह्मण भने शास्त्रको ब्राह्मणमा मेल खाँदैनन् ।

प्रजापति मनुको कालखण्डमा सुरु भएको जात विभाजन अनुसार मानिसहरुको जातको आधारमा भन्दा पनि कर्मको आधारमा जात निर्धारण हुने गरेको थियो ।
 
शास्त्रले कुनैपनि जाति विशेषलाई भन्दा पनि शास्त्रीय रुपमा ब्राह्मण परम्परा अनुसारले यज्ञोपवित गरेको मानिसले मात्रै वेद पढ्न पाउने उल्लेख गरेको छ । यदि कोही पनि शुद्रले आफू शुद्ध आचरणमा बसेर ब्राह्मण अनुसारको सबै संस्कारहरु गर्छ भने ऊ पनि वेद अध्ययनको लागि योग्य हुन्छ भन्ने विषय शास्त्रमा उल्लिखित छ ।
 
आजको दिनमा आईपुग्दा पुरुषहरुभन्दा पनि धेरै ठाउँमा महिलाहरुले आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । धेरै ठाउँहरुमा महिलालाई धेरै सुविधाहरु पनि मिलिरहेको हुन्छ । तर, महिलालाई वेद अध्ययनको भने हाम्रो समाजले अझैपनि अधिकार दिएको छैन ।
 
अवश्यपनि वेदको उच्चाहरणको अधिकार यदि महिलालाई छ भने महिलाले पुरुषले भन्दा पनि स्पष्टसँग वेदको स्वर उच्चाहरण गर्ने क्षमता राख्दछन् । तर, उनीहरुको यज्ञोपवित नहुने भएकोले उनीहरुले वेद अध्ययनको अधिकार राखेका हुँदैनन् ।

वेद अध्ययनको विषयमा गरिएका विभिन्न वैज्ञानिक अध्ययनहरुले पनि महिलालाई वेद अध्ययनको लागि अनुमति दिँदा कुनैपनि वैज्ञानिक समस्या नहुने देखाएको छ । तर, शास्त्रले यज्ञोपवित नभएका मानिसले वेद अध्ययन गर्नु शास्त्र विपरित मानिन्छ ।

एक अध्ययनले स्वरयुक्त वेद मन्त्रोच्चारण गर्ने स्त्रीहरुमा कुनैपनि शारीरिक तथा मानसिक विकृति केही पनि उत्पन्न नहुने औल्याएको थियो । त्यस्तै, स्त्रीले गरेको वैदिक कार्य सिद्ध हुँदैन भन्ने मान्यता पनि कुनैपनि शास्त्रमा उल्लेख भएको भेटिँदैन ।

उता, मनुस्मृतिले पनि महिलालाई वेद अध्ययन गर्न निषेध गर्ने विषयमा केही पनि उल्लेख गरेको छैन । मनु स्मृतिको दोस्रो अध्यायमा गुरुले शिष्यको उपनयन गराएर सर्वप्रथम पुरीषोत्सर्ग गरेपछि आवश्यक शौच विधि सिकाउँछन् । स्नान आदिका आचार सिकाउँछन् । अग्नि परिचरणको विधिसँगै सन्ध्योपासन विधि समेत सिकाउने गर्दछन् ।

यसरी उपनयन गरेको बालकले शास्त्र अनुसार आचमन गरेर उत्तर पट्टि मुख फर्काएर बस्नु पर्दछ । त्यसपछि ब्रह्माञ्जलि गरेर हल्का परिधानलाई स्वीकार गरी आफ्नो इन्द्रियलाई वशमा राख्न सक्नेले मात्रै वेद अध्ययन गर्न सक्ने स्मृतिमा उल्लेख गरिएको छ ।

(हाम्राकुरामा कार्यरत लेखक अर्याल नयाँदिल्लीमा अध्ययनरत छन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ