arrow

जग्गाको द्वैध स्वामित्व हटाउन समस्या

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
plotting-jagga.jpg

काठमाडौँ । नेपाल सरकारले मोही लागेका जग्गा जग्गाधनी र मोहीबीच बाँडफाँट गर्नका लागि यही भदौ ५ गतेसम्म समयसीमा तोके पनि २०२१ सालको नापीपछि दर्ता हुन बाँकी जग्गाका मोही र जग्गा धनीबीच जग्गा बाँडफाँट सजिलै हुने देखिएको छैन । 

जग्गा बाँडफाँटका लागि कानुनी र प्रक्रियागत झन्झटले थप समस्या आउनसक्ने सम्वद्ध अधिकारीको भनाइ छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी यही भदौ ४ गतेसम्म यो प्रक्रिया पूरा गरी जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी जग्गामा द्वैध स्वामित्व समाप्त गर्नुपर्ने सूचना जारी गरेको थियो ।

भक्तपुर भूमिसुधार कार्यालयका फाँटवाला रामेश्वर धितालका अनुसार भक्तपुरमा १० हजार आवेदन जग्गा बाँडफाँटका लागि परेका छन् । नियमित भइरहेको तारिख लगायतका अन्य कार्य पनि गर्नुपर्ने भएकाले कार्यालयलाई भ्याइनभ्याइ छ तर कर्मचारीले बाँडफाँटका काम गरिरहेका छन् । 

काठमाडौँ भूमिसुधार कार्यालय प्रमुख विक्रम पाण्डेका अनुसार तीन हजार आठ सय निवेदन जग्गा बाँडफाँटका लागि परेका छन् । स्ववासी जग्गा दर्ता बाँकी रहेको र मोही दर्ता बाँकी रहेको अवस्थामा यो बाँडफाँट प्रक्रिया सम्पन्न हुन सकेको छैन । 

मोहीले १० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने हदवन्दी समेत साथमै रहेकोले बाँडफाँटमा अवरोध भएको उनको भनाइ छ । 
पाटन भूमिसुधार अधिकारी कुलप्रसाद पराजुलीका अनुसार तीन हजार आठ सय जग्गाधनी र मोहीले जग्गा बाँडफाँटको निवेदन ललितपुरमा दिएका छन् । 

जग्गा बाँडफाँटका लागि उपस्थित जग्गा धनी तुल्सीनारायण दण्डेख्याका अनुसार स्रेस्तादर्ता बाँकी रहेको, स्ववासी जग्गा दर्ता लगायतका विषयमा प्रष्ट नभएकाले जग्गामा मोही र जग्गा धनीबीच जग्गा बाँडफाँट प्रक्रिया अगाडि बढेको छैन । (गोरखापत्र दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ