arrow

बर्दियामा सिकलसेल एनिमियाको अनुसन्धान शुरु, २ करोड खर्च हुँदै 

सन २०१७ मा मात्रै १ हजार ५० अनुसन्धान 

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
hamra_kura.JPG

काठमाडौं । सरकारले २ करोड लागतमा सिकलसेल एनिमियाको  अनुसन्धान शुरु गरेको छ । थारु समुदायमा भयाबह रुपमा देखा पर्न थालेको सिकलसेल एनिमियाका बारेमा सरकारले २ करोडको लागतमा अनुसन्धान सुरु गरेको नेपाल स्वास्थ्य  अनुसन्धान परिषदका अध्यक्ष डा अन्जनी कुमार झाले बताए ।बर्दियामा भइरहेको सिकलसेल एनिमियाको अध्ययन अनुसन्धानमा २० हजार जनसख्याको रगत परिक्षण भईरहेको छ  । 

नेपालगंजको बारबर्दिया नगरपालिकाको वडा नम्बर १, २, ३, ८, ९, १०, ११ मा १५ जना कर्मचारीले घरघरमा गएर थारु समुदायको रगत परिक्षण गरिरहेका छन् । अध्ययनका क्रममा पहिलो दिन प्रश्नावली सहित समुदायमा गई जानकारी लिने गरिन्छ । दोस्रो दिन ती समुदायलाई एकैस्थानमा बोलाएर  रगत जाच गरिन्छ । रगत नमुना परिक्षणलाई ४, ५ घण्टाभित्रै ल्याबमा पुरयाउने काम गरी एनिमिया र आरबिसी जाच गर्ने गरेको परिषदका सिकलसेल एनिमियाका फोकल पर्सन श्रृष्टि प्रियदर्शनी बताईन् । 

रगत लिएको छैटौ दिनसम्ममा केन्द्रको वीर अस्पतालमा पुरयाएर एचपिएलसी टेष्ट मै पुरयाएर जाच भइरहेको छ ।  उनीहरुको रगत काठमाडौको बिर अस्पतालमा परिक्षण भइरहेको छ । प्रत्येक ब्यक्तिको  ७ सयका दरले २० हजार जनसख्यामा रगत परिक्षण गरिने अध्यक्ष झाले जानकारी दिए । 

अहिलेसम्म १० हजारको रगत परिक्षण सकिएको उनले बताए । त्यसमध्ये अधिकाशंमा सिकलसेल एनिमिया देखिएको अध्ययनले देखाएको प्रियदर्शनीको दाबी छ । परिषदले अस्पताल बेस र जनसंख्या बेस अध्ययन गरिरहेकोछ । परिषदले  गरिरहेको अध्ययनमा यो दोस्रो ठुलो लागतको अध्ययन भएको अध्यक्ष झाको भनाई छ । अहिलेसम्म सबैभन्दा बढी महंगो ३ करोडको अध्ययन भएकोमा यो सिकलसेल एनिमियाको अध्ययनमा २ करोडको लागतको अनुमान गरिएको छ ।

नेपालमा बिभिन्न रोग तथा स्वास्थ्य सम्बन्धि अध्ययनहरु हजारौको संख्यामा सरकारी तथा निजी सस्थाहरुले गरिरहेका छन् । नेपालको संविधान २०७२ को मूल्यमान्यतालाई ध्यानमा राख्दै राष्ट्रिय स्वास्थ्य प्रणालीलाई संघीय ढाँचामा रुपान्तरण गर्ने प्रक्रृयाको थालनी  भएको छ । 

स्वास्थ्यका नीति तथा कार्यक्रमहरु, तिनका प्रभावकारिताका लागि स्वास्थ्य अनुसन्धानबाट प्राप्त हुने तथ्यहरुको प्रयोग नीति निर्माणको तहमा पुरयाउन परिषदले बिभिन्न अध्ययन अनुसन्धानहरु ग्रिरहेका छन् । सन २०१७ मा मात्रै १ हजार ५० अनुसन्धान भएको परिषदले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ