arrow

रेडक्रस रुपन्देहीले गर्‍यो ४ सय १० परिवारको उद्दार

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ ९ शनिबार
redcross.jpg

बुटवल।  नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा रुपन्देहीले बिपदपिडित ४ सय १० परिवारको उद्दार गरेको छ । जिल्ला शाखा रुपन्देहीले २ सय ७८ बाढीपिडित घरपरिवार, ४९ आगलागि, ७० सितलहर ४ हुरीबतासबाट पिडित घरपरिवारलाई उद्धार गरेको हो ।

रुपन्देहीको देवदहमा एकदिने विपत व्यवस्थापन कार्यशाला गोष्ठिमा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले रुपन्देहीमा रहेका बिभिन्न बिपदका चपेटामा रहेका ब्यक्ति तथा परिवारहरुलाई सहयोग गर्दै आईरहेको बताए ।

उनले विपद व्यवस्थापनको लागि एकताको आवश्यकता रहेको बताए । उनले विपद व्यवस्थापनको लागि सिद्धान्त र भाषणभन्दा पनि सहकार्य अति महत्वपुर्ण रहेको बताए ।  

कार्यशाला गोष्ठिमा बिपदमा परेकालाई कसरी उद्धार र व्यवस्थापन गर्ने भन्ने विषयमा कृष्ण मल्लले सहजीकरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल अभिनाश सामाजिक सेवा संस्थाका अध्यक्ष खड्गबहादुर बिक, गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, देवदह मदर ट्रङ्गस एकेडमीका रामबहादुर गुरुङ्ग,व्यापार संघका कोषबहादुर गुरुङ्ग,महामाया सामुदायिक वनका कमला न्यौपाने लगायतले आ–आफ्ना भनाई राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ