arrow

रसुवा पुगे पेट्रोलियम ट्यांकर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1869161835.jpeg
रसुवा। नेपाल लागि चीन सरकारले दिने अनुदान पेट्रोलियम पदार्थ लिन नेपाली ट्याङ्कर रसुवा भित्रिएका छन् । नेपाल आयल निगममार्फत ती पठाएका ट्याङ्कर रसुवा भित्रिने क्रममा शुक्रबार साँझसम्म सबै ट्याङ्कर रसुवागढी नाका पुग्ने रसुवाका प्रजिअ शिवराम गेलालले जानकारी दिए । उनका अनुसार शनिबार चीन सरकारले नेपाली ट्याङ्करमा तेल भर्ने कार्यक्रम रहेको छ । 

राजधानी काठमाडौंबाट गल्छी देवीघाट, त्रिशूली, धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढी नाकासम्म १४४ किमी पर्ने र बिहान तेल भरेपछि अपराह्न केन्द्रीय भण्डारमा सहजरुपमा नै पुग्ने यातायात व्यवसायीले बताएका छन् । 

तेल हस्तान्तरण कार्यक्रममा चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका महावाणिज्यदूत हरि बस्याल र चिनियाँ राजदूतावास काठमाडौका डिसिएम चेङ्जी र स्थानीय अधिकारी, तेल हस्तान्तरण कार्यक्रम नेपाल चीन सीमा क्षेत्रको रसुवागढी नाकाबाट नेपाली समयअनुसार भोलि बिहान ११ः०० बजे हुने जानकारी पाएको प्रजिअ गेलालले बताए । 

राजदूत मास्के भोलि शनिबार नै रसुृवागढी पुग्ने र डिसिएम चेम्जीसहित टोली काठमाडौँबाट धुन्चे पुगी तेल हस्तान्तरण कार्यक्रमको जानकारी दिएर रसुवागढी गएको समेत प्रजिअ गेलालले जनाए । 

यस्तै, चीन सरकारले दिने पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करका लागि यथेस्ट सुरक्षा व्यवस्था मिलाइसकिएको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए । यसैगरी नेपाल पेट्रोलियम डिलर एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घको टोलीले सडकको अवस्था हेरी वर्तमान अवस्थामा सहज भए पनि दीर्घकालीन रुपका लागि सडक सुधार गर्नुपर्ने आवश्यक देखिएको व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ