arrow

जापानका प्रधानमन्त्री आबे पार्टी नेतृत्वमा पुनः उम्मेदवार

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
Japanese-Shinzo-Abe-PM.jpg

टोक्यो। जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गरेका छन्। पार्टी नेतृत्वमा विजयी भएमा उनी जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहेनेछन्।

आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखमा सहजै पुनः विजयी हुने अपेक्षा गरिएको छ किनभने उनको समर्थनमा ठूलो संख्यामा सांसदहरु छन् र उनलाई एकजना पूर्व रक्षामन्त्री शिगेरु इशिबाले मात्र चुनौती दिएका छन्।

“मैले आगामी तीन वर्षका लागि एलडीपीको नेतृत्व गर्ने र प्रधानमन्त्री हुने निर्णय गरेको छु, र अर्को महिना हुने नेतृत्वको चुनावमा उठ्ने अठोट गरेको छु,” आबेले टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा बताए।

सेप्टेम्बर २० को पार्टी चुनावमा विजयी भएमा आबे अर्को तीन वर्षसम्म प्रधानमन्त्रीमा रहेनछन्। उनको विपक्षमा कुनै विपक्षी राजनीतिक दल पनि विरोधमा उभिएका छैनन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले जापानमा बढ्दै गएको बुढ्यौली जनसंख्याका बारेमा नीतिगत सुधार तथा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा केन्द्रित हुने बताए।

पार्टी प्रमुखमा उम्मेदवारी दिएका इशिबाले पनि जनसांख्यिक सरोकार र उत्तर कोरियाको आणविक कार्यक्रमबाट उत्पन्न क्षेत्रीय सुरक्षा खतराका विषयमा ध्यान दिने बताए। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ