arrow

इरानका अर्थमन्त्रीमाथि अभियोग

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
iran-flag.gif

तेहरान। अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ। कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए भने दुई जना अनुपस्थित भएका थिए।

राष्ट्रपति हसन रुहानीको मन्त्रिपरिषद्का सदस्यमध्ये यही महिना अभियोग लाग्ने कार्बासिएन दोस्रो हुन्। यसअघि श्रममन्त्री अलि राबिएलाई यही अगस्ट ८ का दिन अभियोग लगाएर हटाइएको थियो।

इरानले अहिले उच्च मुद्रास्फिती र लामो समयदेखि बेरोजगारीको समस्या भोगिरहेको छ। ती समस्या समाधानका लागि मन्त्री र सरकारले कुनै ठोस काम गर्न नसकेको एक जना सांसद अब्बास पायीजाडेहले बताए। मन्त्रीको गलत भूमिकाका कारण आम नागरिकले त्यसको असर भोग्नु परिरहेको उनको भनाई छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ