arrow

गाईजात्रा विशेषः ओलीले विपक्षीलाई ‘गोरु’ भनेपछि 

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
KP-Oli-Tamu-LOashr-(1).jpg.jpeg

काठमाडौं । सन् १९१२ को अप्रिल १४ को रात ११ बजेर ४० मिनेटमा टाइटानिक जहाज दुर्घटनामा पर्यो । रातको २ बजेर २० मिनेटमा पूरै जहाज समुद्रमा डुब्यो । 

सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिस मरे। टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महंगो पानीजहाज थियो । 

इंगल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किएको उक्त टाइटनिक जहाज एक विशाल ‘आईसबर्ग’मा ठोक्कियो आन्द्र महासागरमा डुब्यो । 

त्यतिबेला भनिएको थियो जहाजका चालकहरुले जहाज ठोक्किनु केवल ३० सेकेण्डअघि मात्र आइसबर्ग देखेका थिए । यदि अलिक पहिले नै उक्त हिउँको थुप्रो देखिएको भए सायद जहाजको दिशा बदल्न सम्भव हुन्थ्यो र समुद्री इतिहासको उक्त भिषण दुर्घटना टर्न सक्थ्यो ।

केपी शर्मा ओलीले अहिले सरकार हाँकिरहेका छन् । उनको सरकार हँकाईको शैली हेर्दा त्यही जहाजको चालक जस्तै तुलना गर्न थालिएको छ । चालक दलका सदस्यहरु ओलीका मन्त्रिपरिषदका सदस्यजस्ता । 

ओलीको अहिलेको सरकार हँकाइको शैलीलाई लिएर एक पत्रकारले लिए अन्तर्वार्ता । कस्तो भयो त ओली र पत्रकारको अन्तर्वार्ता । यो गाईजात्रा विशेष –
पत्रकार– सरकारले कस्तो काम गरिरहेको छ ? 
ओली– राम्रो काम गरिरहेको छ । 

पत्रकार – अनि विपक्षीले त काम गर्नुभएन भनेर आलोचना गरिरहेको छ त ? 
ओली – ‘साउनमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ’ भन्ने तपाईलाई थाहा छैन ? विपक्षी त्यही ‘गोरु’ हो । 

पत्रकार –विपक्षीलाई गोरु भन्न पाइन्छ र ? 
ओली– के भन्ने त गोरुलाई गोरु नभनेर । सधै एउटै गाली पनि हुन्छ ? विपक्षी भएपछि गाली बनाउन पनि त सिक्नुपर्यो नि । 

पत्रकार – विपक्षमा बस्ने बानी नभएर होला नि ? 
ओली– सिक्नुपर्यो नि । के को अभ्यास भएन ? लोकतन्त्र आएपछि विपक्षीमै बढी बसेर पनि पचेन छ ? हाम्रै कामरेडहरु बढी सरकारको नेतृत्व गरेका थिए । त्यसैले त भन्या हो नि साउनमा आँखा......। तपाई पत्रकार पनि काँग्रेस हो कि क्या हो ? त्यही साउनमा आँखा फुटेजस्तो । 

पत्रकार – पत्रकार कुनै दलको हुन्न भन्ने था’ छैन ? 
ओली– ‘सुंगुरले म सिंह हुँ’ भन्यो भन्दैमा पत्याउँछु । मलाई हैरान पार्छन् पार्टीको स्थान नदे’र । लौ सहयोग गर्नुस् भनेर बोलायो पार्टी कार्यालयमा । अनि आफ्नैले पर्दाफास गर्छन् समाचार बिकाउन । पत्रकार दलको मात्र हैन ‘गुट’ को पनि हुन्छ भन्ने मैले पनि बुझ्या छु । 

पत्रकार – सरकारका कुरा गरौं न ? कर बढाएर जात्रा गर्नुभयो त ? 
ओली– गाई पो जात्रा भन्ने सुन्या थें कर पनि जात्रा भएछ ? पत्रकारले जानी नजानी आफै बनाइदिने ? 

पत्रकार – कर त बढाउनु भएको हो नि ? 
ओली– कहाँ बढाउनु नि । विश्वको भन्दा सस्तो छ । बढेकै हैन । 

पत्रकार – किन विरोध भएको छ ? 
ओली– नबुझेर नि । बुझेका त चुप्प लागेका छन् । 

पत्रकार – महंगी बढेको पनि झुठो हो ? 
ओली– बढ्यो भन्छन् बढेको थाहा छैन । आफूले केही किन्न पर्या भए पो त । 

पत्रकार – बजार बुझ्न नजाने ? 
ओली– अनि मेरो भाषण तिम्ले गर्दिन्छौ ? काम छैन मेरो ? 

पत्रकार – तपाईले निर्देशन दिए त भैहाल्यो । त्यत्रा विज्ञ पाल्नु भएको छ ?
ओली – बच्चाबच्ची कसरी पाउने भनेर छोराले बाउलाई सिकाउन सक्छ र ? मैले बनाएका विज्ञ म भन्दा साना हुन्छन् । ठूला भए पो । 

पत्रकार – किन राख्नुभयो त विज्ञ ? 
ओली– विज्ञ पाल्या हो र जागिर दे’को । ‘केटाकेटी आए गुलेली चलाए मट्याङ्ग्रोको सत्यानाश’ । 

पत्रकार – दुई तिहाईको सरकार छ । काम किन नगरेको ? 
ओली – विपक्षी पत्रकार नबन्नुस् न । काम गरेको त छु नि । देख्नुहुन्न ? 

पत्रकार – बढाउने काम मात्र गर्नु भएको छ – टेन्सन । 
ओली – तपाईले प्रश्न सोध्ने कि मान्छेलाई के भा’छ भनेर सुनाउने ? 

पत्रकार – यो पनि त जिज्ञासा हो नि । तपाईले त नेपाललाई टाइटानिक जहाजजस्तो डुबाउँदै हुनुहुन्छ रे त ? 
ओली– जहाज डुबाउने हैन पानीजहाज चलाउँछु भनेको हो । विपक्षीले आरोप लाको मात्र हो । सबैलाई देखाइदिन्छु पानीजहाज चलाएर । 

पत्रकार – सडकमै चलाउनु भयो पानीजहाज भन्छन् नि ? 
ओली– मेरै पालामा बढी पानी पर्यो त म के गरौं । मैले नेपालीको स्तर सुधार्न खोजेको । तर ‘सुंगुरलाई स्वर्ग जान्छस् भनेको फोहोर खान पाइन्छ ?’ भन्छ त म के गरौं ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ