arrow

फरक रङ र ठुलो डिस्प्लेका साथमा आउँदैछ एप्पलको नयाँ आईफोन

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
iphone1.jpg

काठमाडौं । एक विवरणले यस वर्ष आउन लागेको एप्पल कम्पनीको महत्वपूर्ण उत्पादन आईफोन कल्पनाभन्दा केही फरक किसिमको आउनसक्ने देखाएको छ । एप्पलले यस वर्ष ल्याउनसक्ने आईफोनको विवरणअनुसार यसको रङ यसअघिका उत्पादनको तुलनामा फरक रहने छ । 

यस वर्ष आउन लागेका तीनओटा आईफोनहरु एज–टु–एज डिस्प्ले भएका रहने विवरणले देखाएको छ । साथै विवरणका अनसार नयाँ उत्पादन मूल्य, फिचर्स र आकारको हिसाबमा भने केही ठुलो रहने उल्लेख गरिएको छ । नयाँ आईफोनमा त्यसका साथै अन्य डिजाइनिङ तथा उत्पादनको फिचर्स रहने अनुमान गरिएको छ ।

नयाँ उत्पादन दुई सिम प्रयोग गर्न सकिने किसिमको महत्वपूर्ण परिवर्तनको साथमा आउनेछ । केही क्षेत्रहरुका लागि ल्याइने आईफोनहरुमा यस किसिमको सुविधा प्रदान गर्न लागिएको हो । साथै उच्च प्रविधिको प्रयोग गरेर ल्याउन लागिएको सो आईफोनको डिस्प्ले ६.५ इन्चको रहने बताइएको छ । 

नयाँ स्मार्टफोनको पछाडि सिसाको प्रयोग हुने र साइडमा स्टिलको प्रयोग हुनसक्ने विवरणले देखाएको छ । साथै यसमा ड्युल क्यामेराको प्रयोग गरिएको हुनेछ । यो स्मार्टफोनमा ओएलईडी स्क्रिनको पनि प्रयोग हुनेछ । आईफोन एक्सको अपडेटेड भर्सन मानिएको यो उत्पादन सेप्टेम्बर महिनामा सार्वजनिक हुनसक्ने बताइएको छ । विशेषगरी यसको प्रोसेसिङ स्पिड र क्यामेरामा धेरै परिवर्तन गरिएको छ । 

यसको अर्थ आईफोनको नयाँ उत्पादनमा नयाँ प्रोसेसरको प्रयोग हुने सम्भावना रहेको छ भने क्यामेरा पनि निकै गुणस्तरीय प्रयोग गरिने छ । नयाँ सस्तो आईफोनमा भने ६.१ इन्चको डिस्प्ले र एलसीडी डिस्प्लेको प्रयोग हुने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ