arrow

संसदीय समितिका सभापतिमा क-कसले दिए उम्मेदवारी ?

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि मंगलबार उम्मेदवारीको मनोनयन दर्ता भएको छ ।

संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारीको एक मात्र उम्मेदवारी परेको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) मात्र उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले  जानकारी दिए । सभापतिका तिनै उम्मेदवार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन् । उक्त समितिको नेतृत्व दलहरुबीचको आपसी समझदारीका आधारमा लगत्तै चयन गरिने बताइएको छ ।

संसद् सचिवालयले निर्धारण गरेको सूचनाअनुसार मंगलबार बिहान ११ देखि साँझ ४ बजेसम्म उक्त उम्मेदवारी मनोनयन दर्ता भएको हो । बुधबार बिहान ११ बजे बस्ने तीनै समितिका बैठकबाट सम्बन्धित सभापतिको चयन हुनेछ ।

राष्ट्रियसभा नियमावलीको दफा १५० मा समितिका सभापतिको निर्वाचनको व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका विषयगत समितिका बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा हुँदै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ