arrow

के रुसले अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेर अमेरिकालाई तर्साउन सक्ला ? 

चीन पनि हुँदैछ अभ्यासमा सहभागी

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
russia7.jpg

एजेन्सी। आगामी महिना रुसले ठुलो सैन्य अभ्यास गर्ने भएको छ। अमेरिकाले जापानसँग मिलेर सैन्य अभ्यास गर्न लागेको समाचार आइरहेको अवस्थामा रुसले यस्ताे योजना अघि सारेकाे हाे। यसअघि उत्तर काेरियाले अमेरिका जापानसँग संयुक्त अभ्यासको तयारीमा रहेकाे बताएकाे  थियाे। उत्तर कोरियाले अमेरिकामाथि यस्ताे अाराेप लगाएसँगै रसियाले यस्ताे याेजना सार्वजनिक गरेकाे हाे। 

 रुसले आगामी महिना ३ लाख सैनिक र १ हजार विमानहरुसहितको सैन्य अभ्यास गर्ने भएको हो। रुसले गर्न लागेको हो सैन्य अभ्यास सन् १९८० को दशकयताकै सबैभन्दा ठुलो अभ्यास रहने बताइएको छ। यसलार्इ रुसकाे अमेरिकालार्इ चेतावनी दिने चालको रुपमा लिइएकाे छ। रुसका रक्षामन्त्रीले मुलुकको पूर्वी क्षेत्रमा ११ देखि १५ सेप्टेम्बरसम्ममा वोस्तोक–२०१८ सैन्य अभ्यास हुने बताएका हुन्। यो सैन्य अभ्यासमा चीन र मंगोलियाले भाग लिने उनले जानकारी दिए। 

रुसी समाचार एजेन्सीका अनुसार रुसी रक्षामन्त्री सर्गेई शोइगूले यो अध्यास जापाद–८१ सैन्य अभ्यासजस्तो हुने तर उक्त अभ्यासको तुलनामा ठुलो हुनेछ। उनले सन् १९८१ मा पूर्वी युरोपमा भएको युद्ध अभ्यासलाई उल्लेख गर्दै उनले यस्तो बताएका हुन्। उनले ३ लाख सैनिक र १ हजार विमानले रुसको मध्य तथा पूर्वी भागमा सैन्य अभ्यास गर्ने बताएका हुन्। अमेरिकासँगको चिसिँदो सम्बन्धको अवस्थामा रुसले यस्तो योजना अघि सारेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ