arrow

पूर्वमन्त्री कँडेलको हत्या प्रयास

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
152824373.jpeg
काठमाडौं । गृहजिल्ला नवलपरासीमा रहेका पूर्वमन्त्री तथा नवलपरासीका काँग्रेस सभापति देबेन्द्रराज कँडेललाई दुई भारतीय सुटरले ज्यान मार्ने प्रयास गरेका छन्। तर कँडेलका अंगरक्षकले लिएको सावधानीका कारण दुर्घटना टरेको हो। शुक्रबार दिउँसो साढे एक बजे उनलाई घरमा बनेको पेस्तोलले प्रहार गरि ज्यान लिने प्रयास गरिएको थियो ।

नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार बडहरा दुबौलिया गाविसमा कार्यकर्तासँग कुराकानी गरिरहेको अवस्थामा दुई सुटर आएर एक्कासी बन्दुक निकाल्न लागेपछि कँडेलका अंगरक्षकले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । पेस्तोलसहित नियन्त्रणमा आएकाहरुमा दुई भारतीय नागरिक उज्वल गर्तौला र जोगेन्द्र पासवान छन् । 

सुटर चढेको यूपी ५३ ए ९८५६ नम्बरको मोटरसाइकल स्थानियको आक्रोशित भीडले आगो लगाइदिएको छ। माओवादी द्वन्द्वकालमा राजधानीमै आक्रमण हुँदा उनलाई ७ गोली लागेको थियो । मधेस आन्दोलन चर्केको बेला चार वर्षअघि उनको निवासमा समेत आक्रमण भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ