arrow

अमेरिकामा रहेका नेपाली विज्ञहरुले गरे नेपालको बारेमा चिन्तन

युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
USNPRC-nepali-in-usa.jpg

बोस्टन। नेपाली अमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक नेपालको बारेमा चिन्तन गर्दै सम्पन्न भएको छ।

बोस्टनको हावार्ड विश्वविध्यालय मेडिकल स्कूलको सभा हलमा ६५ विज्ञहरु र दर्जनौ स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिकाका १७ राज्यबाट २४ जना विज्ञहरुद्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो । 

नेपालको समावेसी बिकासमा मानवीय स्रोत बिकासलाई कसरी संस्थागत गर्ने केन्द्रीय विषय रहेको   सम्मेलनको संयोजन युएसएनपीआरसीका सदस्य तथा हाबर्ड बिश्व बिद्यालयका बैज्ञानिक दीनबन्धु भट्टले गरेका थिए। 

सम्मेलनमा बिज्ञहरु डा सुरेन्द्रराज देवकोट, डा आमोद पोख्रेल, डा आलोक देवकोटा, डा यादव पन्डित, डा सुमन पराजुली, अमेरिकि सरकार डिपार्टमेन्ट अफ कमर्सका डा अमिताभ दास, डा तिलक भन्डारी, डा कूल काप्री, डा शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंसलाल तामाङ, डा बिष्णु घिमिरे, डा अनोवा गुरुङ, कोविद दाहाल, अजित बराल, राज सराफ, मुकेश बराल, नरेन्द्र जोशी, डा पंकज बराल, डा लक्ष्मीविलाश आचार्य, डा प्रकाश श्रेष्ठ, डा शिवहरी दाहाल, एडा थापा, डा रुद्र अर्यालले बिभिन्न विषयमा प्रस्तुतीकरण र प्रस्नोत्तर गरेका थिए।

नेपालको लागि र अमेरिका रहेका नेपालीका लागी संबन्धित सरकार र सरोकारवाला निकायहरुलाई बिभिन्न नितिगत विषयमा नेपाली बिज्ञहरुबाट सामुहिक र संस्थागत सहयोग र सुझाव दिने उद्देष्य रहेको संस्थाको तेस्रो सम्मेलन पाँचवटा सत्रमा बिभाजित रहेको थियो। 

संस्थागत संरचना र स्थानीय सरकारहरु विषयक सत्रको सभापतित्व र संचालन डा राजन पन्त, कृषि, प्रत्यक्ष बैदेशिक लगानी र आर्थिक बिकास बिषयक सत्रको सभापतित्व र संचालन डा अर्जुन बन्जाडे, बिदेशमा रहेका नेपाली र सुचना प्रविधी बिषयक सत्रको सभापतित्व र संचालन डा देश राज संयोक, स्वास्थ्य र बिकास बिषयक सत्रको सभापतित्व र संचालन जगदम्वा अधिकारी र युएसएनपीआरसी संस्था द्वारा हाल संचालीत र भावी परियोजना सत्रको सभापतित्व र संचालन तरुण पौडेलले गरेका थिए।

सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा आमोद पोखरेलले स्वागत तथा भावी योजनाका बारेमा, कार्यकारी सचिव डा अर्जुन बन्जाडेले संस्थाका गतिबिधीका बारेमा र दीन बन्धु भट्टले धन्यवाद मन्तब्य राखेका थिए। युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी केहि संस्थागत विषयमा निर्णय गर्दै आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सान फ्रान्सिस्कोमा आयोजना गर्ने र सन २०१९ को सुरुतिर काठमाण्डौमा नेपालमा नयाँ संथागत संरचना अवसर कि संकट विषय मा अन्तराष्ट्रीय सेमिनार आयोजन गर्ने निर्णय गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ