arrow

के चिकित्सक अपराधी हुन् ? देशैभर आकस्मिकबाहेक सबै सेवा ठप्प

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
doctor-banner.jpg.jpeg

काठमाडौं । नेपाल चिकित्सक संघ एनएमए फेरि आन्दोलित भएको छ । संघले मुलुकी ऐन संशोधन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै कडा खाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघका महासचिव डा लोचन कार्कीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्नेगरी आएको मुलुकी ऐनलाई नसच्याएसम्म आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने उल्लेख गरेका छन् । 

चिकित्सकलाई अपराधी करार गर्नेगरी आएको ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने निष्कर्षमा एनएमए पुगेको छ । 

एनएमएले भदौ १७ गते आइतबारदेखि देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । 

एनएमएले भदौ १५ भित्र ऐन संशोधन गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम थालेको हो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन संशोधन गर्न सकिने जनाए पनि सरकारले एनएमएको मागलाई संवोधन गर्न कुनै चासो नदेखाएपछि एनएमए वाध्इ भएर आन्दोलनमा उत्रिएको हो । 

यस्तो छ एनएमएको विज्ञप्ति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ