arrow

देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
NMA.jpeg

काठमाडौं । नेपाल चिकित्सक संघ एनएमए फेरि आन्दोलित भएको छ । संघले मुलुकी ऐन संशोधन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै कडा खाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघका महासचिव डा लोचन कार्कीले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्नेगरी आएको मुलुकी ऐनलाई नसच्याएसम्म आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने उल्लेख गरेका छन् । 

चिकित्सकलाई अपराधी करार गर्नेगरी आएको ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने निष्कर्षमा एनएमए पुगेको छ । 

एनएमएले भदौ १७ गते आइतबार देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । 

एनएमएले भदौ १५ भित्र ऐन संशोधन गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम थालेको हो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन संशोधन गर्न सकिने जनाए पनि सरकारले एनएमएको मागलाई संवोधन गर्न कुनै चासो नदेखाएपछि एनएमए वाध्य भएर आन्दोलनमा उत्रिएको हो । 

एनएमएले आइतबार एक दिन स्वास्थ्य सेवा ठप्प पारेको जनाएको छ । नेपाल प्रेस काउन्सिललाई बुझाउन पाँच हजार चिकित्सकले लाइसेन्स बुझाउने तयारी गरेको समेत बुझिएको छ । 

आइतबार बिहान १० बजे माइतीघर मण्डलामा भेला भई काउन्सिललमा जाने तयारी भएको पनि एनएमएले जनाएको छ । जिल्लाहरुको हकमा जिल्ला स्वास्थ्य कार्यालय अगाडि भेला भएर विरोध जनाउन पनि निर्देशन दिइएको एनएमएले जनाएको छ । 

सोमबारदेखि अन्य कार्यक्रमहरु गरिने र शुक्रबारसम्म पनि सरकारले कुनै सम्वोधन नगरे शुक्रबारदेखि अनिश्चितकालीन सेवा ठप्प पार्ने चेतावनी पनि एनएमएले दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ