arrow

को बन्ला उपराष्ट्रपति ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1591167784.gif
काठमाडौँ। शनिबार हुने राष्ट्रपति निर्वाचनमा दुईजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।  नेपाल परिवार दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका दयाराम कँडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उम्मेदवारी फिर्ता लिएपछि दुईजना मात्रै उम्मेदवार कायम रहेको हो । 

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका अमियकुमार यादव र एकीकृत नेकपा (माओवादी)का तर्फबाट उम्मेदवार रहेका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी कायम रहेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । 

नेपाल परिवार दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका कँडेलको प्रस्तावकमा सांसद एकनाथ ढकाल र समर्थक मिलनकुमारी राजवंशी थिए भने स्वतन्त्र सांसद मुसलमानको समर्थकमा अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का प्रस्तावक र जनजागरण पार्टी नेपालका सांसद लोकमणि ढकाल समर्थक रहेका थिए ।

एमाओवादीको आग्रहपछि परिवार दलका तर्फबाट दर्ता गराइएको उम्मेदवारी फिर्ता भएको जनाइएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आग्रहपछि आफ्नो तर्फबाट दर्ता गरिएको उम्मेदवारी फिर्ता लिइएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए । सो दलले आजै एक विज्ञप्ति जारी गरी सत्तारूढ गठबन्धनलाई कायम राख्दै अगाडि बढ्न कँडेलको उम्मेदवारी फिर्ता लिइएको जनाएको छ । 

सचिवालयले तय गरेको निर्वाचन तालिकाअनुसार कात्तिक १४ गते बिहान १० देखि १३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन हुनेछ । सोही दिन ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखले उपराष्ट्रपतिको मत परिणाम सुनाउनेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ