arrow

सिजापति बने बुल्समेन

पुरस्कारमा विभेद किन ?   

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
sijapati.JPG

काठमाडौं । काठमाडौंका मिलनविक्रम सिजापतिले तेश्रो बुल्समेन उपाधी जितेका छन् । उनी काठमाडौ ज्याठाको नेपाल व्यायम मन्दिरका बडि बिल्डर हुन् । पोखराको बुल्समेन क्लबले पोखरा रंगाशालामा आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” प्रतियोगिताको अन्तिम राउण्डमा ५ जना फाइनलिष्टलाई पाखा लगाउँदै सिजापति बुल्समेन बनेका हुन् । 

उपाधीसँगै सिजापतिले तीन लाख रुपैयाँ नगद पुरस्कार पनि पाएका छन् । उनी ८० केजी तौल समूहमा पहिलो भएर फाइनलमा पुुगेका थिए । प्रतियोगिताको ५५, ६०,६५, ७०, ८० र ८० किलोमाथिको फरक फरक तौल समूहमा छुट्याइएको थियो । यो प्रतियोगिताका लागि मुलुकका भिविभिन्न फिटनेश सेन्टरका ७६ बडी बिल्डरले नाम दर्ता गराएका थिए । तीमध्ये ४२ जना बडी बिल्डर प्रि-जजिङ राउण्डका लागि छनौट भएका थिए ।

अन्तिम ६ मा भने ८० केजी समूहका सिजापति सहित ५५ केजीबाट पहिलो भएका नेपाल ब्यायाम मन्दिरका सुशिल बिन्दुकार, ६० केजीका पहिलो पोखरा जायन्ट फिटनेशका मनोज केसी, ६५ केजी तौल सुमहका बुटवल फिटनेशका मोतिलाल चौधरी, ७० केजीका मेगा जिम पोखराका भरत श्रेष्ठ, ७५ केजी तौल समूहका का भक्तपुर पारामाउण्ट फिजिकलका प्रवेश श्रेष्ठ र ८० केजीमाथिको समूहका मोरङ पथरी फिटनेशका प्रकाश राईले प्रतिष्पर्धा गरेका थिए । प्रत्येक तौल समूहका पहिलो हुनेलाई २० हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको छ। दर्ता शुल्क १ हजार रुपैयाँ लिइएको थियो । 

महिलातर्फ बिनिता राई 

यही प्रतियोगितको महिला फिटनेश च्यापियनशिपाको उपाधी भने बज्र ननिता फिटनेश ललितपुरकी बिनिता राईले उपाधी जितेकी छन् । प्रतिष्पर्धामा भाग लिएका अरु १२ जनालाई पन्छाउँदै राई च्याम्पियन बनेकी हुन् । महिला बडी शो मा भाग लिएका १३ जनालाई नै प्रतिष्पर्धामा भाग लिन दिइएको थियो । उनले टाइटल सहित ४१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाइन् । महिला तर्फको पनि दर्ता शुल्क हजार रुपैयाँ नै राखिएको थियो ।

पुरस्कारमा विभेद किन ? 

पुरुष तर्फको उपाधीका लागि ३ लाख र महिला विजेतालाई कम पुरस्कार दिनुमा बुल्समेन क्लबले आफ्नै हिसावको विश्लेषण गरेको छ । क्लबका उपाध्यक्ष ल्याक्स गुरुङ भन्छन् “पुरुषरुले बडी बनाउन थुप्रै मेहनत सहित डाइटका लागि थुप्रै खर्च गरेका हुन्छन् । महिलाको इभेन्ट भने भर्खर शुरुवात भएकोले कम रकम दिइएको हो” । प्रतियोगिता संचालनका लागि ३५ लाख रुपैयाँ खर्च भएको पनि उपाध्यक्ष गुरुङले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ