arrow

१३ वर्षका बालकले कार चलाएर २ देश पार गरे !

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
italian-boy.jpg

काठमाडौं। इटालीका एक १३ वर्षीय बालक आफ्नो परिवारसँग मिल्नका लागि घरबाट बाबुको कार लिएर भागे, त्यतिमात्रै होइन ती बालकले कार चलाएर १ हजार किलोमिटरको यात्रा समेत पार गरे ।

ती बालक आफ्ना बाबु–आमासँग झगडा गरेपछि इटालीबाट भागेका थिए । ती बालकले इटालीबाट अष्ट्रिया पार गरे र जर्मनीको सीमातर्फ अघि बढिरहेको समयमा प्रहरीले पक्राउ गरेको समाचार एजेन्सीले जनाएको छ ।

ती बालकलाई २ वर्षअघि इटालीका एक परिवारले धर्मपुत्रका रुपमा स्वीकारेका थिए । उक्त परिवारसँग झगडा भएपछि भागेर आफ्ना मूल आमा–बाबुसँग भेट्न ती बालक पोल्याण्ड जान लागेका थिए । धर्मपुत्रको रुपमा स्वीकार्ने आमासँग मोबाईल फोनको विषयमा झगडा हुँदा ती बालक कार लिएर भागेका थिए ।

समाचारका अनुसार ती बालकले सहज रुपमै गाडी चलाएका थिए । इटाली मिडियाका अनुसार ती बालकले आफ्नो बहिनीको कमी महशुस गरिरहेका थिए, सोही कारण उनी बहिनीलाई भेट्न पोल्याण्ड जाँदै थिए ।

स्थानीय प्रहरीले त्यति सानो उमेरमा कार चलाएर २ अन्तर्राष्ट्रिय सीमा पार गर्नु आश्चर्यको विषय भएको बताएका छन् । प्रहरीका अनुसार ती बालकले त्यस समयमा २ पटक आफ्नो गाडीमा तेल समेत भरेको बीबीसीले उल्लेख गरेको छ । घटना सन् २०१३ को हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ