arrow

नेपाली पासपोर्टमा तिब्बती राष्ट्रियता !

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
MRP-Nepali-Passport.jpg.jpeg

काठमाडौं। परराष्ट्र मन्त्रालयबाट जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक परेपछि गजुरी १ की मुक्तिकला लामिछाने तनावममा परेकी छन्। राहदानीमा उनको ठेगाना गजुरी बजार १, डोटी उल्लेख छ, भने राष्ट्रियतामा तिब्बतीयन छ। राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ। अर्को पानामा नम मोत्तिकला उल्लेख छ।

स्नातकोत्तर गरेकी लामिछानेले आफुले बुझाएको राहदानी आवेदन फारममा त्यस्तो कुने गल्ती नभएको बताइन्। मैले पटकपटक पढेर फाराममा सही गरेकी थिएँ, उनले भनिन्, लेखपढ गर्न नसक्ने ब्यक्ति भए त झुक्किएँ होला भन्न सकिन्थ्यो तर मैले कुनै गल्ती गरेकी छैन।

जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको आवेदन फाराम विभाग पुगेपछि त्यहाँका कर्मचारीको हेलचेत्र्याइँले विग्रिएको लामिछानेको भनाइ छ। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ