arrow

नक्कली कण्डमको बिगबिगी !

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
condom1.jpg

काठमाडौं। बेलायतको स्वास्थ्य नियमन सम्बन्धी सरकारी संस्थाले देशमा नक्कली कण्डमको तस्करीमा भारी मात्रामा बृद्धि भएको चेतावनी दिएको छ । त्यस्ता नक्कली कण्डम त्यहाँको अधिकार प्राप्त ठूलो ब्रान्डको कण्डमको नामबाट बिक्री बितरण हुने गरेको बीबीसीले जनाएको छ ।

उक्त नक्कली कण्डम असली कण्डम जस्तै देखिने हुनाले सर्वसाधारणले फरक छुट्टाउन नसक्ने जनाइएको छ । बेलायतमा स्वास्थ्यसँग सम्बन्धित एक संस्थाले विगत १८ महिनामा कयौं लाख कण्डम गैरकानूनी ढंगबाट आयात गरिएको जनाइएको छ ।

त्यस्ता कण्डमहरु दक्षिण एशियाका मुलुकमा कम मूल्यमा उत्पादन हुने र बेलायतमा चर्को पाउन्डमा बिक्री हुने गरेको जनाइएको छ । त्यस्तै त्यस्ता कण्डमहरु असली कण्डम जस्तै ‘हुबहु कपी’ हुने समेत जनाइएको छ ।

समाचारका अनुसार प्रतिष्ठित पसलहरुबाट खरिद गरिएको कण्डम भने असली हुने सम्भावना ज्यादा हुने जनाइएको छ तर फुटफाट र साना पसलहरुमा किनिएको कण्डम भने नक्कली हुने सम्भावना ज्यादा हुने जनाइएको छ ।

बेलायतको स्वास्थ्य नियमन कार्यालयले अहिले जासुसी कुकुरको माध्यमबाट त्यस्ता नक्कली कण्डमहरु खोजी गर्ने र नष्ट गर्ने कार्यमा लागेको बीबीसीले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ