arrow

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पुस्तक ' न्याय ' भदौ अन्तिम सातादेखि बजारमा आउने

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
sushila-karki-book.jpg

काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ असोज पहिलो साता सार्वजनिक हुने भएको छ। बुकहिल पब्लिकेशन्स्ले राजधानीमा पुस्तकको पहिलो लुकसँगै विमोचनको मिति सार्वजनिक गरेको हो। पब्लिकेशन्सका अध्यक्ष भूपेन्द्र खड्काले भदौ अन्तिम साता न्याय बजारमा उपलब्ध हुने जानकारी दिए। 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुनुको नाताले अरुलाई प्रेरणा दिन पुस्तक लेखको बताइन। त्यस्तै आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई पुस्तकमा उतारेको उनले बताइन। उनले भनिन, ‘३० वर्ष मैले गरेको वकालत र ८ वर्ष न्यायालयमा बिताएको समयको हरहिसाब पुस्तकका समेटेको छु।’

न्यायालयको नेतृत्व गरिसकेको व्यक्तिले पुस्तक लेख्ने चलन नभएपनि न्यायालयमा ल्याउनुपर्ने परिवर्तन र जनताले यसबारे जान्न पाउनुपर्ने भएकाले किताब लेख्न हौस्याएको कार्कीले सुनाइन। उनका अनुसार पुस्तकमा लोकमानसिंह कार्कीको मुद्दादेखि फास्ट ट्रयाक घोटाला गरी १० वटा मुद्दा पुस्तकमा अटाएको छ। उनले भनिन, ‘ किताब लेख्दा न्यायालयका धेरै कुरा बाहिर आउँछन् । यस्तो नगर्दा राम्रो होला भनेर धेरैले सुझाएका थिए तर राम्रो कुराको गोपनियता हुँदैन । यसबारे अरुले थाहा पाउनुपर्छ भन्ने लागेर किताब लेखेको हूँ ।’ न्याय आफूले न्यायालयमा बिताएका समयको फेहरिस्त मात्रै नभएर आफ्नो जीवनको रंगहरुको संगालो भएको उनले उल्लेख गरिन। 

कार्यक्रममा कार्कीका श्रीमान् दुर्गा सुवेदीले आत्मकथा भएपनि न्याय कर्मको लेखाजोखा भएको बताए। यो फगत आत्मकथा मात्रै नभएर प्रधानन्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्ताबेज भएको उनको भनाइ थियो। 

बुकहिलले बजारमा ल्याउन लागेको ३ सय ९२ पृष्ठको न्यायको पातलो गाताको मूल्य ६ सय ५० र हार्ड कभरको मुल्य ९०० सय रुपैयाँ राखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ