arrow

टिपर आतंकः फेरि लियो दाजुभाईको ज्यान

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
tiper1.jpg

काठमाडौं। बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ। मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो। 

उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय विकास राई र २३ बर्षीया सचिन्द्र राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। मृत्क विकास र सचिन्द्र दाजुभाई हुन्। 

विदेशबाट आएको समान लिन उनीहरु महोत्तरीको बर्दिवाससम्म यात्रारत थिए। चारपाङ्ग्रे एउटा गाडीलाई ओभरटेक गरेको स ५ प ९०४६ मोटरसाईकललाई ढल्केबरबाट पुर्वतर्फ गईरहेको ना १ प ६१८९ नम्बरको टिपरले ठक्कर थिएको थियो। 

टिपर तिब्र गतिमा थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर दीपक साहले भने। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ