arrow

बालुवाटारमै भेटेर भारतीय राजदुतले के भने ओलीलाई?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
465058339.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदुत रञ्जित रेले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पुगेर भेटघाटमा गरेका छन्। शूक्रबार साँझ प्रधानमन्त्रीसँगको भेटघाटका लागि रे वालुवाटार पुगेका थिए। प्रधानमन्त्रीमा निर्वाचित भएसँगै केपी ओलीको भारतसँगको सम्वन्ध सुमधुर हुन सकेको छैन। भेटमा रेले नेपाल भारत सम्भन्ध र चीनसँग भएको ईन्धन सम्झौताको बारेमा कुरा गरेको बुझिएको छ।

राष्ट्रपति निर्वाचन पछि पनि रेले राष्ट्रपति विद्या भण्डारीलाई व्यक्तिगत रुपमा भेटेर बधाई दिएका थिए। केपी शर्मा ओली प्रम भएपछि भारत भ्रमण गरेका परराष्ट्रमन्त्री कमल थापाको भ्रमण सुखद नभएपछि भारत र संवादहिन रहेको अवस्थामा भारतको यो अग्रसरताले भारत नेपालसँगको सम्बन्ध पुरानै अवस्थामा राखिराख्न चाहेको विश्वास गरिएको छ।

भारत कुनै पनि हालतमा नेपाललाई आफ्नो ब्यापारिक पकड भन्दा बाहिर गएको हेर्न नसक्ने प्रमाण नेपालको चीनसँगको ईन्धन सम्झौता पछि भारतिय मिडियामा आएका ‘भारतको नेपालसँग कुटनितिक बिफलता’ भन्ने आसय भएका समाचार र अन्त्रवार्ताले प्रष्ट पारिसकेको छ।

नेपालले चीनसँग ईन्धन सम्झौता गरेको भोलिपल्ट बिभिन्न भारतिय नाकाहरुबाट नेपाल आएका ईन्धन बोकेका ट्यांकरहरुको संख्या बढोत्तरीसँगै अनुमान लगाउन सकिन्छ।

भारतिय राजदुत र प्रम बिचको भेटघाटले के कुरा अगाडी ल्याउँछ त्यो भने आउँदा दिनहरुले बताउने छन्। संभवत मधेश आन्दोलनको निकासको बारेमा पनि दुई बिच कुराकानी भएको श्रोतले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ