arrow

निसान छापको नक्सामै कालापानी गायब !

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
nepal-logo.JPG

काठमाडौं। सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ। निसान छापमै प्रयोग गरिएका नक्सामा समेत। नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ। यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ। यसको नापी विभागले पुष्टि गरेको छ।

‘देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ’, विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले भने, ‘पहिलाको नक्साबाट कालापानीको ठूलो भू–भाग हटाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ। हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका ट्वीटरमा पनि त्यही छ।’

ती नक्साबाट वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टरभन्दा बढी भूमि गायब छ। कुनै साइटमा सात हजार ९ सय हेक्टरसम्म गायब भएको नक्सा प्रयोग गरिएको छ। श्रेष्ठका अनुसार कतिपय नक्सामा सुस्तामा पनि समस्या छ। सुस्तामा पनि नेपाली भूभाग भारतले कब्जा गरिरहेको छ। (अन्नपुर्ण पोस्ट)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ