arrow

तीज गीतमार्फत विद्यार्थीलाई ह्रस्व–दीर्घको पाठ (भिडियोसहित)

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
teej-bimal-ghimire.JPG

काठमाडौं । तीज नजिकिँदो छ । एक महिनाअघिदेखि नै दर खाने विकृति बढेको छ । शिक्षा र संस्कृति जोगाउने भन्दा तीजको विकृति बढ्दै गइरहेको अवस्थामा राजधानीको एक विद्यालयका शिक्षकले भने ह्रस्व–दीर्घ लेख्ने शैलीबारे गीत निकालेका छन् । 

राजधानीको शंखमुलमा रहेको अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशक एवं समेत रहेका नेपाली शिक्षक विमल घिमिरेले यस्तो गीतको रचना गरेका हुन् । व्याकरण पढाउँदा विद्यार्थीले ध्यान नदिने समस्या समाधान गर्न यस्तो गीत तयार पारेको घिमिरेले बताए । 

विद्यालयभित्रकै संगीत, नृत्य शिक्षक र विद्यार्थीको मेहनतमा गीतको भिडियोसमेत बनेको छ ।

संगीत शिक्षक राजकुमार घिमिरेले संगीत भरेका छन् भने नृत्य शिक्षक अनिश लामाले नृत्य निर्देशन गरेका छन्। 

नेपाली विषयलाई निजी विद्यालयहरुले प्राथमिकता नदिएको र भाषा बिगार्दै गएको अरोप लागिरहँदा निजी विद्यालयका शिक्षकले गरेको यो प्रयास भने सराहनीय भन्दै भिडियो भाइरल बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ