arrow

केन्द्रले समयमा निर्णय नगर्दा अप्ठेरोमा पर्यौं – मुख्यमन्त्री पौडेल

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
dormani.jpg

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकारले समयमै निर्णय नगर्दा प्रदेश सरकार अप्ठेरोमा परेको गुनासो गरेका छन् । 

संचारमाध्यमसंगको कुराकानीमा उनले प्रदेश सरकारले मात्र निर्णय गरे पनि प्रदेशलाई दिने अधिकारबारे केन्द्रले निर्णय नगरेपछि अप्ठेरोमा परेको बताएका हुन् । 

उनले कर्मचारीको विषयमात्र नभइ अहिलेसम्म केन्द्रबाट सत्ता संचालन भएकाले अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए । 

मुख्यमन्त्री पौडेलले स्थानीय तहमा ठूलो रकम गएको र त्यसको सदूपयोग गर्न सकिएन भने संघीयता नै खतरामा पर्ने बताए । 

उनले भने, ‘रकमको सदूपयोग गर्न सकेनौं भने हामी बदनाम हुन्छौं, संघीयता बदनाम हुन्छ ।’

उनले संघीयतालाई बदनाम गराउने चलखेल भइरहेकाले यसप्रति गम्भीर भएर अगाडि बढ्नुपर्नेमा पनि जोड दिएका छन् । 

स्थानीय, प्रदेश र केन्द्र सरकार नमिल्ने हो भने संघीयता विरोधीहरुले चलखेल गर्न सक्ने उनको भनाइ छ । 

मुख्य मन्त्री पौडेलले संघीयता धरापमा परेको नभइ पार्न खोजिएकाले त्यसविरुद्ध डटेर लाग्ने प्रतिवद्धता पनि गरेका छन् । 

सरकारको काम गर्ने शैली सुस्त भएको भन्ने प्रश्नमा पौडेलले विकास हुँदै गरेको र यो गतिले नसोचेको प्रगति गर्ने बताए ।

उनले साना काम धमाधम भइरहेका र ठूला कामको डीपीआर गर्ने काम हुँदै गरेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ