arrow

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा फेरि ओली

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
canada-janasamparka.jpg

ब्राम्टन । नेपाली जनसम्पर्क समिति क्यानडाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुद्धि  प्रकाश ओलीको सभापतित्वमा २३ सदस्यीय कार्यसमिति चयन गर्दै दोस्रो अधिबेशन सम्पन्न भएको हो । 

दोस्रो अधिबेशनले उपसभापतिमा दिपक गौतम महामन्त्रिमा बसन्त कार्की, सह महामन्त्री  विपिन पराजुली र रामकृष्ण पौडेल एवं कोषाध्यक्षमा बिशाल घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । 

त्यस्तै कार्यसमितिका सदस्यहरुमा शुरेश रजौरे, सिद्दिकि शेर्पा, अशोक यादव, तुला भट्टचन, उज्ज्वल गौतम कमला भण्डारी, निरन्जन थापा, हेमराज पाण्डेय, बिजय लम्साल,कृष्ण रेग्मी, शैलेन्द्र पंजियार, शुनिल घिमिरे शुशिल भुसाल, विष्णु खनाल र राजेन्द्र पोखरेल निर्विरोध निर्वाचित भएका छन् । 

दोश्रो अघिबेशनपछि बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संसोधित विधान अनुरुप दधि अर्याल र यादब सापकोटालाई कार्यसमितिको सदस्यमा मनोनित गरि दधि अर्याललाई उपसभापतिमा चयन गरी २५ सदस्य बोर्ड  गठन  गरिएको छ । 

त्यस्तै सभापतिको प्रस्ताव र कार्यसमितिको समर्थनमा सम्राट थापा र सिद्धीकि शेर्पालाई उपसभापतिमा मनोनित गरिएको छ । 

नेपाली जनसम्पर्क समितिको दोस्रो अधिबेशन उद्घाटन गर्दै  केन्द्रिय प्रतिनिधी एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले नेपालमा बाम शक्तिहरुको एकताले देश विकास हुने संकेत नदेखिएको बताउँदै देश विदेशमा रहेका सबै प्रजातान्त्रीक शक्तिहरु एक हुनुपर्ने बताए ।


त्यस्तै कार्यक्रमका अतिथि एवं नेपाली कांग्रेसका सिन्धुली जिल्ला सभापति उज्ज्वल बरालले प्रजातन्त्रमा आस्था राख्ने र नेपाली कांग्रेस समर्थित व्याक्तीहरु नेपाली कांग्रेसको आदर्श, निति र अनुशासन भित्र रहनुपर्ने बताए ।

नेपाली जनसम्पर्क समिति क्यानडाको दोस्रो अधिबेशन उद्घाटन सत्रमा नेपाल महिला संघकी पवित्रा पौडेलले दोस्रो अघिबेशन सफलताको शुभकामना व्यक्त गरे ।

त्यस्तै स्याङजाबाट नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि एवं विद्यार्थी नेतृ चन्दा अधिकारीले क्यानडामा रहेका सवै प्रजातन्त्रबादी शक्तिहरुलाई एकजुट हुन आग्रह गर्दै मिठो कविता बाचन समेत गरिन् । 

एन आर एन आइसिसि सदस्य प्रमिला बस्नेतले आफ्नो शर्त पर्दा ठिक र आफ्नो शर्त नपर्दा बेठिक भन्ने प्रबृति अन्त्य हुनुपर्ने बताउँदै निश्वार्थ समाजसेवामा आफ्नो सधै साथ रहने बताइन् ।

त्यस्तै अर्का एनआरएन आइसिसी सदस्य अभिमन्यु बस्नेतले नेपाली जनसम्पर्क समिति एक भएर समुदायको हितमा लाग्न सुझाव दिए ।

त्यस्तै एनआरएन क्यानडाका तर्फबाट प्रवक्ता रविन्द्र घिमिरेले पछिल्लो समयमा एनआरएन क्यानडाले गरेका कामहरुको जानकारी गराउँदै दोस्रो अधिबेशन सफलताको शुभकामना व्यक्त गरे ।

प्रवासी नेपाली मंचका अध्यक्ष रमेश थापाले हरेक सकारात्मक परिवर्तनको नेतृत्व राजनितिले नै गर्ने भएकाले यसलाई सकारात्मक रुपमा लिई हिलोमा कमलको फुल फुलाउने तर्फ अग्रसर हुन सवैमा आग्रह गरे । 

नेपाली जनसम्पर्क समितिका पुर्ब सल्लाहकार केदार बस्नेतले संस्था विधि विधान र नियमसंगत तरिकाले चल्नुपर्ने बताउँदै नेपाली जनसम्पर्क समितिलाई आर्थीक पारदर्सितामा ध्यान दिन आग्रह गरे ।

नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता एवं अग्रज लेखनाथ तिमिल्सेनाले दोस्रो अधिबेशनले सक्षम र सवल नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरे ।

दोस्रो महधिबेशन अतिथी सत्कार समितिका संयोजक बसन्त कार्कीले बाम गठबन्धन सरकारको संकेत राम्रो नदेखिएको भन्दै देशलाई बाम सरकारले उन्नतितर्फै नलगी अधोगतितर्फ लगेकोमा चिन्ता व्यक्त गरे । 

उनले आउँदो चुनावमा लोकतन्त्रप्रेमी शक्तीहरु एक हुनुपर्ने र बिदेशमा रहने प्रजातान्त्रिक शक्तीहरुको एकतामा जोड दिए ।

नेपाली जनसम्पर्क समितिको दोस्रो अधिबेशनमा  ट्रक  एशो सियन का  अध्यक्ष  नरबहादुर टन्डन ,एनएनसिका अध्यक्ष डिआर खनाल, हेरीटेजका अध्यक्ष  राम पौडेल , आदिबासी जनजाती संघ क्यानडाका अध्यक्ष गिरी बुढाथोकी, कन्सर्न नेपालका गोविन्द सिवाकोटी, लालीगुराँस स्पोर्टस एण्ड कल्चरल क्लवका सचिव विन्दु श्रेष्ठ, नेपाल क्रिकेट क्लवका उपाध्यक्ष विपिन पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 

बन्द शत्रले बिधान संसोधन गरि आउँदो अधिबेशनका लागी प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ