arrow

क्वाटरको विवादले जिल्ला अस्पताल पाल्पामा एकै ढोकामा पाँच ताल्चा 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
dhokama-tala.jpg

पाल्पा। जिल्ला अस्पताल पाल्पामा अहिले क्वाटरको विवादले चरमरुप लिएको छ। नर्सहरुको निवास, त्यो पनि वर्थिङ्ग सेन्टरका निम्ति वा अत्यावश्यक ड्युटीमा खटिनेहरुका लागि आवासको व्यवस्थाका लागि निर्माण भएको सो क्वाटरमा गत एक बर्ष देखि बस्दै आएकी एक नर्सलाई हटाएर डाक्टर बस्न पाउनुपर्ने माग हुँदै आएको र केही नर्सहरु समेतले बस्न पाउनुपर्ने माग गर्दै आएपछि विवादले चरमरुप ल्याएको हो। 

एउटा क्वाटरमा डाक्टर र नर्सहरुको विवादका कारण पाँच वटा ताल्चा लगाईएको छ। श्रोतका अनुसार क्वाटरमा डा विष्णु पाठक, डा मन्दिरा देवकोटा, मेडिकल रेकर्डस रोहित घिमिरे, स्टाफ नर्स सरस्वती घिमिरे र सिनियर अनमी मिना बजिमयले ताला लगाएका हुन्। 

तर स्थानीय प्रसाशन भने यस विषयमा मौन देखिन्छ। एक आपसमा विवाद भएपछि सबैले आ आफ्नो ताला लगाउँदै जाँदा पाँच वटा ताला अहिले क्वाटरको ढोकामा झुण्डिएका छन्। स्वास्थ्य सेवा विभागको नर्सिङ्ग विभागले पनि त्यसो नगर्न पटक पटक पत्राचार गर्दा समेत त्यस प्रति अस्पताल प्रशासनले वास्ता गरेको छैन। 

अस्पतालका सुपरीटेण्डेन पुष्प ज्ञवालीले भने आफु विदामा रहेकाले जानकारी नभएको र यस विषयमा अस्पताल आएपछि मात्रा भन्न सक्ने बताए। अस्पलामा आर्थिक हिनामिना र विभिन्न समस्याहरु हुने गरेका कारण एक आपसमा डाक्टर र नर्सहरु तथा अन्य प्रशासनिक कर्मचारी समेतमा व्यापक विवाद र गुटउपगुट देखिने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ