arrow

अमेरिकी २६ वर्षे र्यापर म्याक मिलर मृत भेटिए 

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
mac-miller.jpg

काठमाडौं । अमेरिकी र्यापर म्याक मिलर मृत अवस्थामा भेटिएका छन् । 

बीबीसीले जनाए अनुसार मिलर आफ्नै क्यालिफोर्नियामा रहेको घरमा मृत भेटिएका हुन् । 

मिडिया रिपोर्टका अनुसार २६ वर्षे मिलर दुव्र्यसनका शिकार थिए । ओभरडोजकै कारण उनको मृत्यु भएको जनाइन्छ । 

मिलरको वास्तविक नाम माल्कम जेम्स म्याककोर्मिक थियो । सन् २०११ मा आएको उनको एल्बमले अमेरिकी चार्टमा धमाका पिटेपछि चर्चामा आएका थिए । 

सन् २०१८ को सुरुमै उनले स्वीमिङ नामक गीत सार्वजनिक गरेका थिए । 

मिलरको अटोप्सीको रिपोर्ट आउन बाँकी रहेकाले मृत्यु कारण यही नै भन्ने खुलेको छैन । 

यसै बर्षमात्र उनको गायिका एरियाना ग्रान्डे (गर्लफ्रेन्ड) संग ब्रेकअप भएको थियो । 

मिलर र ग्रान्डे मिलेर थुप्रै गीत गाउनुका साथै कन्सर्टमा भाग लिँदै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ