arrow

अनुदान वितरणमा व्यापक असुली

logo
मुकेश यादव,
प्रकाशित २०७५ भदौ २५ सोमबार
asuli1.jpg

बारा । शिक्षा विकास तथा समन्वय ईकाई बाराले हालै वितरण गरेको अनुदानमा व्यापक असुली गरेको रहस्य खुलेको छ । 

ईकाई बाराले वितरण गरेको प्रावि अन्र्तगतको १५ वटा अनुदानमा प्रति अनुदान ९० हजार भन्दा माथि, निमावि अन्र्तगत १२ वटा अनुदानमा प्रति अनुदान एक लाख भन्दा माथि र माविको १७ वटामा प्रति अनुदान एक लाख ५० हजार भन्दा माथि अवैध रकम असुली गरेका छन । 

शाखा अधिकृत अशोक रौनियारले अनुदान वापत असुली गर्ने जिम्मा पाएको ईकाई बाराका एक कर्मचारीले बताएका छन् । अधिकृत रौनियारले विद्यालय, उम्मेदवार खोजी गर्दै आफना निकट रहेका केही शिक्षा माफियाहरुलाई परिचालन गरी असुली गर्न लगाएको उनको दाबी छ । 

शिक्षा माफिया लगाई रकम असुल्नको लागि दरबन्दी भएकै विद्यालयमा अनुदानको रकम पठाउन लगाएका छन । विद्यालयमा अनुदान रकम पठाए वापत शिक्षा माफियाहरुले रौनियारलाई ९० हजार देखि एक लाख सम्म दिएर बांकी रकम माफियाहरुले भागबण्डा लगाएको ईकाई एक अर्का कर्मचारीले बताएका छन् । 

असुली भएको रकममा शिक्षा विकास तथा समन्वय ईकाई बाराका प्रमुख पुर्णबहादुर अछामे, लेखापाल नवराज भण्डारीले समेत भागबण्डा लगाएको स्रोतले दाबी गरेको छ ।

ईकाई बाराले मञ्जुश्री प्रावि रामथलीमा दुई वटा, जनकल्याण प्रावि पकडियामा दुई वटा, सार्वजनिक प्रावि निलकण्ठवामा एक वटा, नेराप्रावि वेलाहीमा दुई वटा, राधाकृष्ण प्रावि महेशपुरमा दुई वटा, गढीमाई प्रावि करैयामाईमा एक वटा, मर्दशा जितपुरमा दुई वटा, मदर्शा ईस्लामिया सितलपुरमा एक वटा, बाल तथा महिला प्रावि अमरपटीमा एक वटा, नेराप्रावि छपकैयामा एक वटा गरी १५ वटा अनुदानमा ९० हजार देखि माथि अवैध रकम असुली गरेका छन् ।


नेरानिमावि चकरीमा एक वटा, बकैयाठाकुर निमावि बकैयामा एक वटा, नेरानिमावि रमपुर्वामा एक वटा, नेरानिमावि झुरझुरमा एक वटा, सरस्वती आधारभुत विद्यालय कोलगांउमा एक वटा, नेरानिमावि तेलकुंवामा एक वटा, नेरानिमावि लक्ष्मीपुर कोतवालीमा एक वटा, नेरामावि महेशपुरमा एक वटा, नेरामावि बसतपुरमा एक वटा, नेरानिमावि बेल्दारीमा एक वटा, महावीर नेरामावि कलैयामा एक वटा, नेरानिमावि बुंगजोरमा एक वटा गरी १२ वटा अनुदान वितरण गरी एक लाख भन्दा माथि प्रति अनुदान असुली गरेका छन् ।

नेरामावि छातापिपरामा दुई वटा, नेरामावि लालमा एक वटा, नेरामावि मौवादेवीमा दुई वटा, नेरामावि जैतापुरमा एक वटा, जनतामावि भवानीपुरमा दुई वटा, नेरामावि बेल्हियामा दुई वटा, जनतामावि कवहीजब्दीमा एक वटा, नेरामावि महेशपुरमा दुईवटा, नेरामावि खुटवाजब्दीमा दुई वटा, नेरामावि धर्मनगरमा एक वटा, नेरामावि हरैयाबस्तीमा एक वटा गरी १७ वटा अनुदान वितरण गरी एक लाख ५० हजार भन्दा बढी रकम असुली गरेका छन् । 

अनुदान वितरणमा आफुले कुनै पनि असुली नगरेको, वितरणको बेलामा आफु काठमांडौ रहेको शाखा अधिकृत अशोक रौनियारले भने बरु लेखापाल नवराज भण्डारी र ईकाई प्रमुख पुर्णबहादुर अछामेलाई जानकारी हुन सक्ने प्रतिक्रिया दिए । असुली सम्बन्धमा आफुलाई थाहा नभएको तर असार ३१ गते ४४ वटा अनुदान वितरण गरिएको ईकाईका लेखापाल नवराज भण्डारीले बताए । 

ईकाई प्रमुख पुर्णबहादुर अछामेको मोबाईल स्विच अफ रहेकोले प्रतिक्रिया उपलब्ध हुन नसकेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ