arrow

पुरुषवादी चिन्तन र हैकम नारी स्वतन्त्रताको बाधक !

कठै , नारी अधिकार 

logo
सुर्य प्रसाद खनाल,
प्रकाशित २०७५ भदौ २६ मंगलबार
Surya_Prasad_khanal.jpg

काठमाडौं। मान्छेको मस्तिष्कबाट पुरुषबादी चिन्तन हराउन नसक्दा आज एक्काइसौ सताब्दीका हाम्रा आमा दिदि वहिनी , जिवन संगीनी बाहिरी हाँसोको आवरणले ढाकेर भित्र चिच्चाई चिच्चाई पुरुषको चरित्रका कारण आफुलाई परेको प्रभावका कारण चिच्याइ चिच्याइ  रोएका छन , जुन रुवाईको आवाजले यो बाहिरी दुनिया देख्नै पाएको छैन । 

आजको युगमा पनि महिलाहरु आफ्नो स्वतन्त्रताका लागि पुरुषहरुसंग भिक्षा माग्नु प्रर्ने यो विवसता साच्चीकै लज्जास्पद छ । श्रीमानलाई भगवान मान्न सिकाएको छ हाम्रो समाजले तर श्रीमतिलाई दास बनाउन सकेन भने त्यो श्रीमान नार्मदको बिल्ला बोक्न तयार हुनु पर्दछ । 

नारीको शत्तिलाई दवाएर एउटा घर र पारिवारीक जिन्दगी नामको खोरमा कोचिएको छ जवरजस्ती । जवकी एक साधारण नारीले आफ्नो जीन्दगीलाई त्यहि पारिवारिक जिवन नामको खोर सम्हाल्न बाहेक अरु सोच्न नसक्ने अन्धभक्त बनाएर राखिएको छ । धेरै जसो नेपाली प्रचलनहरु नारीलाई दबाउने गरि श्रृजना गरिएको छ । आज पनि एक सक्षम नारीले यो कल्पनै गर्न सक्दिनन की मेरो विवाह पछि श्रीमान म कहाँ हुन्छ , उनी विवस छन जस्तो सुकै भएपनि श्रीमानकै घर सरण पर्न त्यो हिजो देखि नारी दवाउनका लागि पुरुषले चलाएको चलन आज पनि त्यहि हामी सिको गरिरहेका छौ । 

साच्चै भन्ने हो भने जिम्मेवारी र मायाको वहन गर्ने क्षमता आज पनि नारीवाटै पुरुषहरुले सिक्नु पर्ने देखिन्छ । आफ्नो जन्मघर छाडेर श्रीमानको घरका मान्छेलाइ आफ्नो बनाउने सक्ति । साँच्चै भन्नेहो भने उनिहरुले मृत्यु रोज्न पर्ने हो भने जन्म दिने वावु र ससुराको मृत्यु रोज्न पर्दा ससुरा रोज्न तयार हु्न्छन , कर्म प्रतिको नारीको यस्तो जिम्मेवार र माँयाको शक्ति देख्दा नतमस्तक हुन मन लाग्छ । 

मलाई लाग्दैन कि हामी पूरुष घरवार बसाउनकालागि नारीको घर गएर सहजसँग बस्न सक्छौ , यो हाम्रो समस्या हो जो कि नारीहरुले यसलाई जितेर श्रृष्टी बचाउनका लागि जन्म घर त्यागेर परपुरुषको घर लाई आफ्नो बनाउन सक्ने क्षमता प्राप्त गरेका छन । यस अर्थ श्रृष्टी बचाचउनका लागि पनि पुरुषहरुले भन्दा महिलाहरुले नै अहम जिम्मेवारी बोकेका छन । 
आजको दिनमा एक अफिसियल नारि आफ्नो अफिस समय सकिसकेपछिको एक आधा घण्टा साथीसँग चिया गफ गर्दै गर्दा श्रीमानलाई स्पष्टीकरण दिनु पर्ने विवसता छ , जव की श्रीमान मध्ये रातमा आउदा पनि श्रीमति उसैको पर्खाइमा बस्नु पर्ने विवसता छ । के यँहा नारी स्वतन्तत्रता छ ?

प्रकृतीकी अनुपम उपहार नारी ,श्रृष्टीकी जर्गेना नारी, माया ममताकी खानी नारी ,शक्तिकी केन्द्र नारी तर पुरुषलाई चाहिदा जोडिन हुने नारी अनि नचाहिदा छुन नहुने अछुतो नारी । विदुवा नारी देखे साइत विग्रने तर राडो देखे नविग्रने । विदुवा, असहारा , गरिव नारी बोक्सी हुने तर पुरुष चाहि धामी हुने । पुरुषले राज चलाए ठिक हुने तर महिलाले चलाउदा राडीको राज्य हुने ? कठै हाम्रो मानसिकता ।  

दिनभर नेता बनेर महिला हक अधिकारका भाषण ठोक्ने पुरुष नेता ज्यू साझँ घरमा आएर डंलग्न पल्टिदा जाति हुने तर महिला आएर चुलो चौको नसमाए विग्रेकी हुने । खै महिला अधिकार ?

सति प्रथा चन्द्र समसेरले अन्त्य गरे । तर हाम्रो दिमागले महिलालाई सतिमा हाल्न कहिले छोडेन मात्र भौतिक सरिर चिता बाट जल्न जोगिएका छन सति प्रथाको अन्त्यले अरु सवै कुरा पुरुषको हित अनुकुल महिलाले अहिले पनि आफ्ना रहर , उद्देश्यलाई सति दिनु परेकै छ । हरेक कामका लागि पुरुषको आदेश कुर्नुको विकल्प छैन । घर जग्गा सम्पतीमा खै स्वामित्वको अधिकार ? मन  लागे पुरुषले बेच्न सक्ने तर महिलाको ईच्क्षाको कुनै कदर नहुने ? के त्यो सम्पतिको नोकर मात्र हुन महिला ? आज पनि श्रीमान भलादमी पल्टेर कोट पाइन्टमा ठटिएर महिला अधिकार सम्बन्धि कार्यक्रमहरुमा जाँदै गर्दा प्राय तिनै भलादमीका श्रीमतिहरु उसको घर सम्पतिको रेखदेख र नोकर जस्तो काममै धसिनु पर्ने विवसता छर्लगैँ देखिएको छ । के यसरि मञ्चमा भाषण र त्यहि भाषणको ताली ठोक्दैमा महिलाको  अधिकारको संरक्षण र सम्मान होला त ? 

महिलाको अधिकारका लागि निती भन्दा पनि व्यवहारिक रुपमा हामी सुधार हुनु जरुरी छ । जवकी कार्यन्वयन नगर्ने नितिको कुनै अर्थ छैन । महिला अधिकारका नितिहरु कागजमा सिमित छन तर ति नितिले समाजले गर्ने विभेदको धारिलो हतियारले महिलालाई तेर्साउदा केहि सहानुभुति दिन सकेको छैन । 

विहानै उठेर महिलाले सर्वथोक काम गर्नु पर्ने तर पुरुषलाई विस्तारामै चियाको कप चाहिने ? साच्चै यो समानता कहाँ छ ? पकाउ ,खुवाउ , लुगा धोउ ,सम्पतिको स्याहार गर तर त्यहि सम्पतिको स्वामित्वको आस नगर , बडो अचम छ पुरुषबादी हैकम ।

बालीका नभन्ने , दिदि बहिनी नभन्ने, आमाको उमेरकोलाई नछाड्ने पुरुषमात्र हो । बलत्कारी पुरुष ,ज्यानमारा पुरुष तर जहिले उचो हुनु पर्ने पनि पुरुष नै ?  कहि  छ २३ बर्षे जवानी केटिले ८ बर्षे बालकलाई जवरजस्ती बलत्कार गरेर मारेको इतिहास छ  ? कहि छ आफ्नो दाजुभाईलाई गलत नजरले महिलाले हेरेको इतिहास ? जन्म दिने बाउलाई स्त्रीले बलत्कार गरि रे भन्ने त सुन्न आएको छैन नी ।  सारा विगार्ने पुरुष अनि दोषको भारी बोक्ने महिला ? ललाइ फकाइ भ्रममा पारेर स्यालले सिनो लुछे जस्तै लुछ्ने पुरुष तर बेस्या चाहिँ महिला ? 

नारी आज पारिवारिक जिन्दगिको खोर नामक जेलबाट माथी उठ्ने कोसिस नगरेका होइनन तर समाजिक पुरातनबादी सोचको खिया लागेको हतियारले तर्साइरहेको अवस्था हो । यसैले नारी उत्थानका लागि निति भन्दा पहिला हाम्रो मस्तिष्कमा सकरात्मक सोचको विकास गर्नुको विकल्प छैन ।  पुरातनवादी सोच , पुरुषवादी चिन्तन , पुरुषवादी हैकम जव सम्म हाम्रो हृदयबाट निस्कदैन तव सम्म नारी अधिकार , नारी स्वतन्त्रता आउने छैन । 

suryakhanal12@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ