arrow

मुख्यमन्त्री पोखरेलले सम्झिए पञ्चायतविरुद्ध संघर्ष गर्ने महिलालाई 

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
shankar-pokhrel.jpg.jpeg

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल मुख्यमन्त्रीले हिन्दू नारीको पर्व हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।  

तीज पर्वले सामाजिक र राजनीतिक जागरण ल्याउन ठूलो भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले राणाशासन, पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष यो अवसरमा स्मरण गर्दछु भनेका छन् ।  

विगतमा तीज पर्वमा गीतमार्फत राजनैतिक जागरण ल्याएर आन्दोलनलाई उत्कर्षमा पुर्याइएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अहिले उत्तिकै ध्यान दिन आवश्यक भएको बताएका छन् । 

हरितालिका तीज पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको उल्लेख गर्दै उनले सन्देशमा पारिवारिक र सामाजिक सामीप्यता बढ्दा मुलुकमा विश्वासको वातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ भर्छ भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ