arrow

सुस्ता गाउँपालिकामा कर बृद्धी दर शून्य प्रतिशत

logo
अंगद यादव।
प्रकाशित २०७५ भदौ २७ बुधबार
susta.jpg

नवलपरासी पश्चिम। स्थानिय तहहरुमा भएको चर्को कर बृद्धिको जनतामा चर्चा चलिरहदा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा करको बृद्धीदर शुन्य प्रतिशत रहेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले निर्धारण गरेका करको शिर्षक र दर रेट सार्बजनिक गरेपछि करको बृद्धीदर शून्य रहेको खुलेको हो। 

गाउँपालिका अध्यक्ष पाण्डेले गत आर्थिक बर्ष २०७४र०७५ मा भन्दा यस बर्ष कतिपय कर कम गरिएको बताए। गाउँ गाउँमा होहल्ला भएजस्तो साईकल, हांस, कुखुरा लगायतमा कुनैपनि कर नलगाईएको उनले प्रष्ट पारे। गाउँपालिकाले गत बर्ष सुकुम्बासी प्रयोजनको सिफारिसमा २०० रुपैंया कर लगाएकोमा यस बर्ष निशुल्क गरिएको उनले बताए।

सुस्ता गाउपालिकामा किसानहरु धेरै रहेकोले कृषिजन्य उत्पादनको पैठारीमा लाग्दै आएको निकासी कर समेत हटाएर निशुल्क गरिइएको छ। केरा किसानहरुका लागि प्रति पेड अनुदानका लागि ५ लाख रुपैयां अनुदानको ब्यबस्था गरेको र बीमामा, तालिम र अवलोकन भ्रमणको लागि समेत गाउँपालिकाले सहयोग गरेको पाण्डेको भनाई छ ।

सुस्ता गाउँपालिकाले एकिकृत सम्पत्ति कर समेत नलगाएको र नागरिकलाई करको भार नपार्ने गरी अगाडि बढेको अध्यक्ष पाण्डेले स्पष्ट पारे। सुस्ता गाउपालिकाले जन्मदर्ता, विबाह दर्ता, मृत्यु दर्ता, बसाईसराई, निशुल्क स्वास्थ्य उपचार सिफारिस, अपाङ्ग परिचयपत्र सिफारिस, सुकुम्बासी प्रयोजनको सिफारिस सामाजिक सुरक्षा परिचयपत्र तथा नविकरण निशुल्क रहेको जनकारी गराएको छ। जन्म, मृत्यु, बसाईसराई को लागि ३५ दिन भित्र दर्ता नगराएमा ५० रुपैया जरिवाना लाग्ने छ।

सुस्ता गाउपालिकाले हाल ३० वटा शिर्षकमा मात्र कर लगाएकाले त्यस भन्दा बाहिर कुनैपनि शुल्क तथा कर नलिएको अध्यक्ष पाण्डेले प्रस्ट पारे। पाण्डेले अन्य स्थानिय तहको तुलनामा सुस्तामा कम कर लगाईएको भन्दै कोहि कसैलाई पनि बाहिर आएको हल्लाको पछाडि नलाग्न र भ्रममा नपर्न आग्रह समेत गरे।

सुस्ता गाउपालिकाका सवै वडाहरुमा समान कर लगाईएको र सवै जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट निर्वाचित भए पनि एक ढिक्का भएर अगाडि बढेको पाण्डेले बताए। करको विषयमा आईरहेका विरोधको कुनै सत्यता नभएको र आफुहरुले गाउँपालिकाका नागरिकको अवस्थालाई बुझेर बैज्ञानिक तरिकाले कर निर्धारण गरिएकोले जनतालाई कुनै समस्या नआउने अध्यक्ष रामप्रसाद पाण्डेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ